कोलकाता, 23 जून (हि. स.)। वनवासी कल्याण आश्रम (दक्षिण बंग प्रान्त)- का संगठन मन्त्री उत्तम महतोको गए आइतवार राती निधन भयो। उनको 53 वर्षको उमेरमा मृत्यु भएको छ। म्यानेन्जाइटिस रोगबाट पीड़ित उत्तम महतो विगत चार दिनदेखिको अस्पतालमा भेन्टिलेटरमा थिए जहाँ गत राती उनले अन्तम सास लिए। अन्तिम दर्शन एवं श्रद्धा सुमन अर्पण गर्नको लागि सोमवार बिहान उनको पार्थिव शरीरलाई कोलकातास्थित कल्याण भवनमा राखियो जसपश्चात अन्तिम संस्कारको लागि पार्थिव शरीरलाई उनको गाउँमा लगिनेछ।
संगठनमा उत्तमदाको नामले लोकप्रिय महतोले विगत 30 वर्षदेखिकै संघ प्रचारकको रूपमा विविध दायित्वहरूलाई सफलता पूर्वक निर्वाह गर्दै आइरहेका थिए। उनी विगत छः वर्षदेखिको प्रान्त संगठन मन्त्रीको रूपमा सक्रिय थिए। उनको स्मृतिमा सोमवार साँझ कल्याण भवनमा श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ। उनको असामायिक निधनबाट कार्यकर्ताहरूमा शोक व्याप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा