असम राइफल्सद्वारा खरसाङमा भूतपूर्व सैनिकहरूका समस्याहरूको समाधान गर्न सेवामूलक कार्यक्रम आयोजित
असम राइफल्सद्वारा खरसाङमा भूतपूर्व सैनिकहरूका समस्याहरूको समाधान गर्न सेवामूलक कार्यक्रम आयोजित


खरसाङ, 23 जून (हि.स.)। भारतीय सेनाको असम राइफल्सले खरसाङमा सोमवार यसै विभागका भूतपूर्व सैनिक तथा उनीहरूका परिवारहरूको विभिन्न समस्याहरू समाधान हेतु यहाँको असम राइफल्स भूतपूर्व सैनिक कार्यालयमा एक सेवामूलक कार्यक्रम आयोजन गऱ्यो। असम राइफल्सका लेफ्टिनेन्ट जेनरल विकास लकेराको निर्देशमा र अधिकारी आरएस पठानियाको नेतृत्वमा आएको टोलीले असम राइफल्सको भूतपूर्व सैनिक सङ्गठनका सदस्यहरूको पेन्सिन, स्वास्थ्य लगायतका विभिन्न समस्याहरूको जानकारी लिएर त्यसको सामाधान गर्न पहल गरेको बताइएको छ।

यस अवधि स्वास्थ्य सम्बन्धी जानकारी लिन तथा जाँच गर्न आएका अधिकारीहरूले भूतपूर्व सैनिकहरू र उनीहरूका परिवारहरूको सबै जानकारीहरू लिए। कायक्रमबारे जानकारी दिँदै असम राइफल्सको भूतपूर्व सैनिक सङ्गठनका सचिव हवलदार नर्सिङ सहायक किरण प्रदान दर्नाल र भूतपूर्व सुवेदार रमेश कुमार सुनारले खरसाङमा प्रथमपल्ट यसरी असम राइफल्सका भूतपूर्व सैनिक तथा उनीहरूका परिवारहरूको विभिन्न समस्याहरू बुझ्न र ती समस्याहरूको समाधान गर्नको निम्ति कार्यक्रम आयोजना गरिएको बताए।

उनीहरूले सम्पूर्ण असम राइफल्स लगायत आरएस पठानिया र लेफ्टिनेन्ट जेनरल विकास लकेराप्रति कृतज्ञता व्यक्त गरे। उनीहरूले सङ्गठनका धेरै सदस्यहरूको विभिन्न समस्याहरू थिए भन्दै यस कार्यक्रमले सदस्यहरूलाई धेरै राहत पुगेको बताए। उनीहरू यस्तै कार्यक्रम अब दार्जिलिङ, कालेबुङ र सालुगढामा पनि हुने जानकारी दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande