डा अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
डा अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न


खरसाङ, 23 जून (हि.स.)। नवगठित डा अम्बेडकर ग्राम सुधार समिति मन्दिर पाखा, खरसाङको आयोजनामा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न गरिएको छ। गत 15 जून, 2025 को दिन 28 नम्बर समष्टिका सभासद श्याम शेर्पाको विशेष उपस्थितिमा आयोजित सम्बर्द्धना कार्यक्रमको एक हप्ता नबित्दै यस समितिले नि:शुल्क आँखा जाँच शिविर आयोजना गरेको छ।

यो शिविर स्थानीय जनसाधारणलाई सेवा पुऱ्याउने उद्देश्यले समितिका सदस्य कबीर सार्कीको संयोजनमा आज खरसाङको नयाँ बजारस्थित ग्रेटर लायन्स क्लब शाखाको सहयोग आयोजना गरियो। यस निःशुल्क आँखा जाँच शिविरमा अम्बेडकर गाउँ ग्राम सुधार समितिका सदस्यहरुसँगै छिमेकी गाउँ नयाँ बस्ती अनि शेर्पा बस्तीका गाउँलेहरूले पनि लाभ उठाए।

आजको यस निःशुल्क आँखा जाँच शिविरमा 71 जनाभन्दा धेरैले आँखा जाँचसँगै सुगर अनि रक्तचाप पनि जाँच गराएको समितिका सचिव सञ्चय रावलले जानकारी गराएका छन्।‌

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande