तेन्जिङ नामग्याल भोटिया जनशक्ति युनाइटेड स्टुडेन्ट फ्रण्टको संयोजक नियुक्त
तेन्जिङ नामग्याल भोटिया जनशक्ति युनाइटेड स्टुडेन्ट फ्रण्टको संयोजक नियुक्त


दार्जिलिङ, 23 जून (हि.स.)। तेन्जिङ नामग्याल भोटियालाई इण्डियन गोर्खा जनशक्ति फ्रण्टको विद्यार्थी संगठन जनशक्ति युनाइटेड स्टुडेन्ट फ्रण्टको संयोजक नियुक्त गरिएको छ। कानुनका विद्यार्थी तथा 40 भन्दा बढी राष्ट्रिय र अन्तरराष्ट्रिय सम्मेलनहरूमा सहभागी भइसकेका भोटियालाई जनशक्ति युनाइटेड स्टुडेन्ट फ्रण्टको केन्द्रिय समितिको संयोजक नियुक्त गरिएको छ। आज उनलाई इण्डियन गोर्खा जनशक्ति फ्रण्टका संयोजक अजय एडवर्ड्सको उपस्थिति र उनको बाहुलीबाट संयोजक पदमा नियुक्त गरिएको जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande