कोलकाता, 23 जून (हि.स.)। कालीगंज विधानसभा उपचुनाउमा तृणमूल कांग्रेसकी उम्मेदवार अलीफा अहमदले जित दर्ता गरेकी छन्। आफ्नो दिवंगत पिता एवं पूर्व विधायक नसीरूद्दीन अहमदभन्दा पनि ठूलो बढ़त हासिल गर्दै अलीफाले भारतीय जनता पार्टीका उम्मेदवार आशीष घोषलाई 50 हजारभन्दा अधिक भोटहरूले हराइन्। यस नतीजाले उत्साहित पार्टीकी प्रमुख एवं मुख्यमन्त्री ममता ब्यानर्जीले यसलाई माँ, माटी र मानुषको जित बताउँदै मतदाताहरूको आभार व्यक्त गरिन्।
कालीगंज उपचुनाउमा मतगणनाको शुरूआतदेखि नै अलीफा अहमदले लगातार बढ़त कायम राखिन्। 18औं राउण्ड आउञ्जेलसम्म स्पष्ट भयो कि उनी 2021 मा आफ्ना पिता नासिरूद्दीन अहमदद्वारा प्राप्त भोटहरूभन्दा पनि अधिक भोट हासिल गर्न गइऱहेकी छन्। निर्वाचन आयोग अनुसार, अलीफालाई कूल एक लाख दुई हजार 759 भोट हासिल भयो जबकि भाजपा उम्मेदवार आशीष घोष उनीभन्दा 50 हजारभन्दा अधिक भोटले पछि रहे। भाजपा उम्मेदवारलाई 52710 भोट हासिल भयो। तेस्रो नम्बरमा कांग्रेस उम्मेदवार काबिल उद्दीन शेखले 28348 भोट हासिल गरे।
मुख्यमन्त्री ममता ब्यानर्जीले मतदाताहरूप्रति आभार व्यक्त गर्दै सोशल मीडिया एक्समा लेखेकी छन्, कालीगंज विधानसभा क्षेत्रको उपचुनाउमा सबै धर्महरू, जातिहरू, समुदायहरू र सबै वर्गका मानिसहरूले आफ्नो मताधिकारको प्रयोग गरी हामीलाई भारी आशीर्वाद दिएका छन्। म विनम्रतापूर्वक उनीहरूको आभार व्यक्त गर्दछु। कालीगंजमा मेरा सहयोगीहरूले यसको निम्ति अथक परिश्रम गरेका छन्, उनीहरूलाई पनि हार्दिक बधाई दिन्छु।
ममताले यो जित दिवंगत नसीरूद्दीन अहमदलाई समर्पित गर्दै भनिन्, दिवंगत विधायक नसीरूद्दीन अहमदको स्मृतिमा म यो जित बंगालका मानिसहरू- माँ-माटी-मानषुलाई समर्पित गर्दछु।
हिन्दुस्थान समाचार / भवानी थामी