मोरीगाउँ, 23 जून (हि.स.)। मोरीगाउँ जिल्लाको विशेष पुलिसको एक टीम र लाहरीघाट पुलिसद्वारा चलाइएको संयुक्त अभियानमा ड्रग्स समेत भाई-बहिनीलाई पक्राउ गरिएको छ।
पुलिसले सोमवार बतायो, गुप्त सूचनाको आधारमा जिल्लाको विशेष पुलिस र लाहरीघाट पुलिसद्वारा चलाइएको संयुक्त अभियानमा लाहरीघाटबाट ई-रिक्शामा ड्रग्स तस्करी गरेको आरोपी भाई-बहिनीलाई पक्राउ गरिएको छ। पक्रा पर्नेहरूको पहिचान मौराबारी पथार निवासी खैरुल इस्लाम र उसकी बहिनी मफिदा खातूनको रूपमा गरिएको छ।
पक्रा परेका दुवै आरोपीदेखि एक साबुनदानीमा लुकाएर राखिएको 9.85 ग्राम ड्रग्स, दुई मोबाइल फोन र नगदी 75 हजार रूपियाँ जफत गरिएको छ। पुलिसले ड्रग्स तस्करीको निम्ति व्यवहार गरिरहेको ई-रिक्शालाई पनि जफत गरेको छ।
पक्रा परेका दुवै आरोपी क्षेत्रमा ड्रग्स बेच्न पुगेका थिए। सोही अवधि पुलिसले दुवैलाई समात्यो। पुलिसले यस सम्बन्धमा एनडीपीएस एक्ट अन्तर्गत एक प्राथमिकी दर्ता गरी पक्रा परेका दुवै साखै भाई-बहिनीसित सघन सोधपुछ गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी