गोमती (त्रिपुरा), 23 जून (हि.स.)। त्रिपुराको प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिर नजिकै अवस्थित कल्याण सागर झीलमा रहेका कछुवाहरूमाथि भइरहेको वैज्ञानिक सर्वेक्षणको पहिलो चरण सम्पन्न भएको छ। यस आशयको जानकारी गोमती जिल्ला अधिकारीले सोमवार सोशल मीडियाको माध्यमबाट दिएका हुन्।
यस अध्ययनलाई टर्टल सर्भाइभल अलायन्स फाउण्डेशन (टीएसएएफ)- को सहयोग प्राप्त छ। शोधकर्ताहरूले विशेष रूपमा डिजाइन गरिएको हुप ट्र्याप्सको मद्दतले कछुवाहरूलाई सुरक्षित ढंगमा समाते। त्यसपछि टीएसएएफका विशेषज्ञहरूको निगरानीमा “टो क्लिपिंग” तकनिकको माध्यमबाट ती कछुवाहरूलाई ट्याग गरियो जुन हर्पेटोलजीमा स्वीकृत विधि हो।
प्रत्येक कछुवाको वजन, शरीरको नाप, स्वास्थ्य औ जैविक संकेतकहरूको अत्यन्त ध्यानपूर्वक जाँच गरियो। यस अध्ययनको उदेश्य झीलमा कछुवाहरूको संख्या अनुमान लगाउनु, यिनीहरूको स्वास्थ्य निगरानी गर्नु, प्रजनन चक्रको विश्लेषण गर्नु तथा प्रजातिहरूसित जोड़िएको पारिस्थितिकीय डाटा एकत्र गर्नु रहेको छ।
जिल्लाधिकारी तरित कान्ती चकमाले टीएसएएफका वैज्ञानिकद्वय डा. अरुणिमा सिंह र डा. सुष्मिता करले तकनिकी योगदान औ संरक्षण प्रयासहरूप्रति गरेको समर्पणको लागि धन्यवाद प्रकट गरे।
झीलको पारिस्थितिक औ सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै अध्ययनको दोस्रो चरण मनसुनपछि शुरू गरिनेछ। कल्याण सागर झीलमा केही दुर्लभ मिठो पानीका कछुवाहरूको प्रजाति पाइन्छ जुन जैव विविधताको दृष्टिले महत्वपूर्ण छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा