ममता ब्यानर्जीका 19 वटा पुस्तकहरू स्कूल लाइब्रेरीमा सामेल, शिक्षा विभागले दियो स्वीकृति
ममता ब्यानर्जीका 19 वटा पुस्तकहरू स्कूल लाइब्रेरीमा सामेल, शिक्षा विभागले दियो स्वीकृति


कोलकाता, 24 जून (हि.स.)। पश्चिम बंगाल सरकारले एक महत्वपूर्ण निर्णय लिँदै राज्यका 2,026 वटा स्कूलहरूको लाइब्रेरीको लागि किताब खरिद गर्ने योजनालाई स्वीकृति दिएको छ जसमा मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा लिखित 19 वटा पुस्तकहरूलाई सामेल गरिएको छ। स्कूल शिक्षा विभागद्वारा यस परियोजना अन्तर्गत मोठ 20 करोड़ 26 लाख रुपियाँको धनराशिलाई स्वीकृत गरिएको छ जसबाट प्रत्येक विद्यालयले एक लाख रुपियाँ आवन्टन पाउनेछ। शिक्षा विभागका एकजना अधिकारीले मंगलवार सो जानकारी दिए। उनले बताए, जुन सूची स्कूलहरूलाई पठाइएको छ त्यसमा 560 पुस्तकहरूको नाम सामेल छन् जसमध्ये 19 वटा पुस्तकहरू ममता ब्यानर्जीद्वारा रचयित छन्। यी पुस्तकहरूमा ‘बकिलटा हारीये गेछे’, ‘आमार पाहाड़’, ‘आमार जोंगोल’, ‘चोखेर तारा’, ‘जीबन संग्राम’, ‘एक पोलोके एक झोलोके’, ‘कुच्‍छापोक्खो’ जस्ता कृतिहरू प्रमुख छन्।

यस अतिरिक्त सूचीमा रवीन्द्रनाथ ठाकुर, बंकिमचन्द्र चट्टोपाध्याय, अवनिन्द्रनाथ ठाकुर, विभूतिभूषण बन्द्योपाध्याय, हेमर, अल्बर्ट आइन्स्टीन, हेनरी गिल्बर्ट, ओ. हेनरी, जेरोम के. जेरोम, हेलेन केलर, महाश्वेता देवी, सुनिल गांगोपाध्याय औ नवनीता देवसेन जस्ता विश्वप्रसिद्ध लेखकहरूको पुस्तक पनि सामेल छन्। साथै तृणमूल कंग्रेसका अन्य नेता अनि पदाधिकारीहरूद्वारा लिखित पुस्तकहरू पनि यस सूचीमा सामेल छन्।

स्कूल शिक्षा आयुक्तद्वारा सबै जिल्लाहरूका माध्यमिक जिल्ला निरीक्षक (डीआई)-लाई निर्देश पठाइएको छ। यसमा भनिएको छ, सम्बन्धित पब्लिशर्स एण्ड बुकसेलर्स गिल्डसित समन्वय गरेर पुस्तकहरूको आपूर्ति गरिनेछ।

गिल्डका सचिव सुधांशु डे मुताविक यो परियोजना 2019-20 मा शुरू गरिएको थियो ताकि स्कूल लाइब्रेरीमा पर्याप्त पुस्तकहरू उपलब्ध गराउन सकियोस्। यसको लागि एक विशेषज्ञ समिति गठन गरिएको थियो जसलाई चार-पाँच हजार पुस्तकहरूको सूची सुम्पिइएको थियो। यस समितिको अध्यक्ष तत्कालीन स्कूल शिक्षा आयुक्तले गरिरहेका थिए भने सिलेबस कमिटीका तत्कालीन चेयरम्यान अभिक मजुमदार, शिक्षा निदेशालयका उपनिदेशक देबज्योति बड़ाल सहित अन्य विशेषज्ञ सदस्य पनि सामेल थिए।

सुधांशु डेले बताए, यस सूचीमा केही नामी प्रकाशकहरूका किताबहरूलाई पनि सम्मिलित गरिएको छ जसको चयन गुणस्तरीय र विषयवस्तुको आधारमा गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande