खरसाङ, 24 जून (हि.स.)। खरसाङमा हुन गइरहेको क्यारम बोर्ड प्रतियोगिता विषयमा आज खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न भयो। उक्त सभा खरसाङ महकुमा खेलकूद संघका सभापति मोहन योञ्जनको अध्यक्षतामा सम्पन्न भयो।
सभामा खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आगामी 28 र 29 जूनको दिन हुन लागेको दुई दिवसीय स्व धर्मे तामाङ, राजु तामाङ र शोभा थापा तामाङ स्मृति क्यारम बोर्ड प्रतियोगिता विषयमा चर्चा परिचर्चा गरियो। उक्त दुई दिवसीय क्यारम बोर्ड प्रतियोगिताको डबल्स र सिंगल्सको लागि प्रतियोगीहरु आइरहेको र यसपाली खेल भइरहेको समय स्पट इन्ट्री नदिने निर्णय गरिएको छ।
सभामा उक्त क्यारम बोर्ड प्रतियोगिताको लागि इच्छुकहरुले 27 जूनको 2-3 बजीसम्म इन्ट्री पाउने, तर 27 जून बेलुका फिक्चर बनिएपछि इन्ट्री नपाउने बताइएको छ। सभामा यस दुई दिवसीय क्यारम बोर्ड प्रतियोगिता विषयमा नियमहरु पनि बनाइएको जानकारी प्राप्त भएको छ।
सभापछि प्रतियोगिता विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलूद संघका सचिव निर्मल गुरुङले आगामी 28 र 29 जून, 2025 मा दुई दिवसीय स्व धर्मे तामाङ, राजु तामाङ र शोभा थापा तामाङ स्मृति
क्यारम बोर्ड प्रतियोगिता विषयमा खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न भएको बताए। उनले उक्त दुई दिवसीय क्यारम बोर्ड प्रतियोगिताका नियमहरु बनाइएको र इच्छुकहरुले 27 जून दिउँसो 2-3 बजीभित्र नाम दिनु पर्ने बताए। यसपाली स्पट इन्ट्री नदिने निर्णय गरिएको उनले जानकारी गराए।
उनले खरसाङ महकुमा खेलकूद संघको वर्षभरिको खेलकूद क्यालेण्डर अनुसार विभिन्न खेलहरु वर्षभरि नै आयोजना गर्ने गरिएको र त्यसै अनुसार गत वर्ष झैं यसपाली पनि दुई दिवसीय स्व धर्मे तामाङ, राजु तामाङ र शोभा थापा तामाङ स्मृति क्यारम बोर्ड प्रतियोगिता आयोजना गरिएको बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक