इम्फाल, 24 जून (हि.स.)। मणिपुर पुलिसको एन्टी-ड्रग स्मगलिङ यूनिटले केन्द्रिय सुरक्षा बलसित संयुक्त अभियान संचालनगरी थौबल जिल्लाको उत्तरी भागबाट प्रचुर मात्रामा प्रतिबन्धित नशालु औषधि जफ्त गरेको छ।
पुलिस प्रवक्ताद्वारा मंगलवार दिइएको जानकारी अनुसार गुप्त सूचना अनि तकनिकी इनपुटको आधारमा मोरेहबाट संदिग्ध वाहनहरूको जाँच गर्नको लागि एक अभियान संचालन गरियो। यस अवधि थौबल जिल्लाको लिलोंग अरापटी ब्रिज नजिक एउटा बेवारिसे वाहनलाई भेटियो।
वाहनको जाँच गर्दा पुलिसले 3.258 किलोग्राम वजन भएको डब्ल्यूवाई (एम्फेटामिन) ट्याबलेट जफ्त गऱ्यो।ट्याबलेट्सको यो खेपलाई म्यानमारदेखि राज्यमा तस्करी गर्नको लागि ल्याइँदैथ्यो। अन्तर्राष्ट्रिय बजारमा यसको अनुमानित मूल्य लगभग 15 करोड़ रुपियाँ रहेको बताइएको छ।
जफ्त गरिएको वाहन डार्क ग्रे रंगको अल्टो-800 (डब्ल्यूबी-26एस/6240) रहेको छ। जाँचमा अर्को अल्टो (एनएल-05सी/3245)-को आरसीको जेरक्सकपी पनि प्राप्त भएको छ। जफ्त गरिएको वाहन र नशालुपदार्थलाई अग्रिम कानूनी कारबाहीको लागि सम्बन्धित थानामा सुम्पिइएको छ। अधिकारीहरूले बताए, यस तस्करीसित सम्बन्धित आरोपीहरूलाई पक्राउ गर्नका लागि कारबाही गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा