शिलंगमा मुम्बईका पर्यटकहरूसित भएको लुटको मामिलामा चार पक्राउ, चोरीको सामान जफत
शिलंगमा मुम्बईका पर्यटकहरूसित भएको लुटको मामिलामा चार पक्राउ, चोरीको सामान जफत


शिलंग, 24 जून (हि.स.)। पूर्वी खासी पहाड़ जिल्ला पुलिसले शिलंगमा मुम्बईबाट आएका नवविवाहित जोड़ी अनि उनीहरूको परिवारसित लुटपाट गरेको मामिलालाई 24 घण्टाभित्रै सुल्झाएको छ। पुलिसले यस मामिलामा चार जना उपद्रवीहरूलाई पक्राउ गरेको छ। उपद्रवीहरूबाट चोरीको सामान पनि जफत गरिएको छ।

पूर्वी खासी पहाड़का पुलिस अधीक्षक विवेक सिएमले मंगलवार बताए, जिल्ला पुलिसले असाधारण कार्यकुशलता प्रदर्शन गर्दै मुम्बईबाट आएका पर्टकहरूसित भएको लुटपाटको घटनालाई सुल्झाएको छ। पुलिसले 24 घण्टाभित्र नै घटनामा सामेल चारै जना उपद्रवीहरूलाई पक्राउ गरेको छ। उनले बताए, पक्रा पर्ने आरोपीहरूबाट पुलिसले 50 हजार रुपियाँ नगद अनि एउटा आइफोन-13 सहित चोरीको सबै सामान जफत गरेको छ।

पुलिस अधीक्षक मुताविक घटना गत 22 जूनको राति लगभग 8 बजी भएको हो। मुम्बई निवासी जय निन्दकिशोर जोशी, उनकी पत्नी एवं अन्य नवविवाहित जोड़ी आफ्नो पुरानो टोयोटा इनोभा कारलाई मोब्रेमा महिन्द्रा शोरूम नजिक पार्क गरेर ‘बाय द वे रेस्टोरेन्ट’- मा डिनर गगर्न गएका थिए। राति खाना खाएर फर्किँदा उनीहरूको कारको झ्याल फुटेको थियो साथै कारमा राखिएको सामान पनि हराएको थियो। चोरी भएका सामग्रीहरूमा 50 हजार नगद, एउटा आइफोन-13 अनि अन्य आवश्यक सामग्रीहरू सामेल थिए। पछि उनीहरूले मदनरातिंग पुलिस स्टेशनमा सिकायत दर्ता गराएका थिए।

एसपी विवेक सिएमले बताए, सिकायत पाएपछि तुरून्त मामिला दर्ता गरियो अनि मदनरातिंग पुलिस स्टेशनको एक विशेष टीमले तत्काल जाँच प्रक्रिया शुरू गऱ्यो। छापामारीपछि पुलिसको विशेष टीमले गए 23 जूनमा मोब्रेको ब्लक-बीबाट चारै जना उपद्रवीहरूलाई पक्राउ गऱ्यो।

पुलिस अधीक्षकले बताए, पक्रा पर्ने चारै उपद्रवीहरूको पहिचान मावब्लेई निवासी चफ्रांग नांगक्यू सुतोंग (24), लैटकर नांगलुम निवासी वंजाप खारुमनुइड (23), उम्फिरनई निवासी अल्बर्टस्टर खारहुजन (22) औ डेमथ्रिंग ब्लक निवासी माइकल नांगलुम (45)- को रूपमा भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande