बम विस्फोटमा बालिकाको मृत्यु मामिलामा चारजना पक्राउ
बम विस्फोटमा बालिकाको मृत्यु मामिलामा चारजना पक्राउ


कोलकाता, 24 जून (हि.स.) । नदिया जिल्लाको कालीगञ्जमा भएको बम विस्फोटमा एकजना बालिकाको मृत्यु मामिलामा पुलिसले चारजना मानिसहरूलाई पक्राउ गरेको छ। कृष्णनगर पुलिस जिल्लाको पक्षबाट मंगलवार बिहान सोशल मीडियामा पोस्ट गरी यस पक्राउ बारे जानकारी दियो।

पुलिसले भनेको छ, मामिलाको जाँच जारी रहनेछ र आरोपीविरूद्ध कड़ा कारबाही गरिनेछ। पक्रा पर्ने आरोपीहरूमा आदर शेख, मानोवर शेख, कालू शेख र अनवर शेख सामेल छन् भने यी चारैविरूद्ध केही धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

यो घटना गए सोमवार त्यसबेला भएको हो जतिबेला कालीगञ्ज विधानसभा क्षेत्रमा उपचुनाउको मतगणना भइरहेको थियो। मतगणनाको शुरूमै तृणमूल कंग्रेसकी उम्मेद्वार अलिफा अहमदले भारी मतले जीत हासिल गर्ने स्पष्ट भइसकेको थियो। यसबीच तृणमूल कंग्रेस समर्थकहरूले विजय जुलूस निकाले।

आरोप छ, यसै जुलूसबाट सीपीएम समर्थकको घर तर्फ बम फालियो। यस अवधि एउटा ‘सकेट बम’-को चपेटमा परेर दश वर्षीय तमन्ना खातूनको मृत्यु भयो जो बड़ी चाँदघर पञ्चायतको मोलादा गाउँकी निवासी साथ कक्षा चौथोकी छात्रा थिइन्।

तमन्नाकी आमा सबिना यास्मिनले भनिन्, ‘‘मैले कसैले बम फालेको देखेँ। हामी सीपीएम समर्थक हौं। नाम नजाने पनि अनुहार चिन्छु। सबै तृणमूलसित सम्बन्धित छन्।’’ यस घटनापछि राजनीतिक बयानबाजी तीव्र भएको छ।

कृष्णनगरका पुलिस अधीक्षक अमरनाथ केले मंंगलवार बताए, यस क्षेत्रमा वर्ष 2023-देखि नै दुई गुटमाझ तनाउ भइरहेको थियो। सम्भवतःयसैगुटीय संघर्षको कारणले यो घटना भएको हुनसक्छ। तथापि उनले यो पनि स्पष्ट पारे, पोस्टमर्टम र फरेन्सिक रिपोर्ट आएपछि नै सम्पूर्ण तस्वीर सामु आउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande