लखनऊको अन्तर्राष्ट्रिय एयरपोर्टबाट खाड़ी मुलुकहरूको विमान सेवा प्रभावित
लखनऊको अन्तर्राष्ट्रिय एयरपोर्टबाट खाड़ी मुलुकहरूको विमान सेवा प्रभावित


लखनऊ, 24 जून (हि.स.)। लखनऊको अमौसीस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय एयरपोर्टबाट बहरिन, कुवैत, इराक, ओमान, कतर, सऊदी अरब औ संयुक्त अरब अमिरात जस्ता सातवटा खाड़ी मुलुकहरूको लागि विमान संचालन केही हदसम्म प्रभावित भएको छ। मंगलवार अमौसी एयरपोर्टका प्रशासनिक अधिकारीहरूको पक्षबाट सो जानकारी दिइयो।

चौधरी चरण सिंह अन्तर्राष्ट्रिय एयरपोर्टका प्रशासनिक अधिकारीहरूले खाड़ी मुलुकहरूसित जोड़िएको विमान सेवाको सम्बन्धमा एडभाइजरी पनि जारी गरेका छन् जसान्तर्गत दम्माम, अबु धाबीबाट आउने फ्लाइटहरू विलम्ब भएको तथा फ्लाइटहरूसित सम्बन्धित सुरक्षित यात्राको बारेमा बताइएको छ।

एयरपोर्टका प्रशासनिक अधिकारीहरू अनुसार इजरायल अनि ईरानबीच तनाउ व्याप्त भएको कारणले इण्डिगो जस्तो विमान सेवा पूर्ण रूपले प्रभावित भएको छ। केही विमान सेवाहरूलाई रोकिएको पनि छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande