
-सबैभन्दा अधिक बढ़्यो कंग्रेसको भोट, तृणमूलमा पनि वृद्धिकोलकाता, 24 जून (हि. स.)। नदिया जिल्लाको कालीगञ्ज विधानसभा सीटमा सम्पन्न उपचुनाउमा तृणमूल कंग्रेसकी उम्मेद्वार अलिफा अहमदले ठूलो अन्तरमा जीत दर्ता गरेकी छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी भाजपाका आशिष घोषलाई 50 हजारभन्दा अधिक भोटले परास्त गरिन्। यस उपचुनाउको परिणामले तृणमूल कंग्रेस अनि वाम मोर्चा समर्थित कंग्रेस दुवै पक्षको भोट प्रतिशतमा सुधार आएको छ भने भाजपाको पक्षमा नकारात्मक स्विंग दर्ता गरिएको छ।
गए सोमवार अबेर राती चुनाउ आयोगद्वारा जारी आँकड़ा अनुसार तृणमूल उम्मेद्वार अलिफा अहमदलाई यसपालि 55.15 प्रतिशत भोट प्राप्त भयो भने वर्ष 2021-मा उनका पिता एवं पूर्व विधायक नासिरूद्दीन अहमदलाई 53.35 प्रतिशत भोट प्राप्त भएको थियो। यसरी तृणमूललाई 1.8 प्रतिशतको सकारात्मक भोट स्विंग प्राप्त भएको छ।
यसरी नै तेस्रो स्थानमा रहेको कंग्रेसलाई पनि भोट प्रतिशतमा 3.23 प्रतिशतको बढ़त प्राप्त भएको छ। कंग्रेस उम्मेद्वार काबिलुद्दीन शेखलाई 15.21 प्रतिशत भोट प्राप्त भएको छ जबकि वर्ष 2021-मा कंग्रेस प्रत्याशी अबुल कासेमलाई 11.98 प्रतिशत भोट प्राप्त भएको थियो।
उल्लेखनीय छ, वर्ष 2021-को चुनाउमा कंग्रेस अनि माकपा नेतृत्वाधिन वाम मोर्चाबीच सीट बाँड़फाँड़ भएको थियो भने त्यै सम्झौता यसपालिको उपचुनाउमा पनि कायम रह्यो।
भाजपालाई लाग्यो झट्का, भोट प्रतिशतमा ह्रास-भाजपा उम्मेद्वार आशिष घोष दोस्रो स्थानमा रहे पनि उनको पक्षमा 2.62 प्रतिशत नकारात्मक भोट स्विंग दर्ता गरियो। उनलाई 28.29 प्रतिशत भोट प्राप्त भयो भने वर्ष 2021-मा भाजपा उम्मेद्वार अभिजीत घोषलाई 30.91 प्रतिशत भोट प्राप्त भएको थियो।
कालीगञ्ज विधानसभा क्षेत्र एक अल्पसंख्यक बहुल क्षेत्र हो जहाँं मुस्लिम मतदाताहरूको संख्या 60 प्रतिशत छ। यस जनसांख्यिकीको कारणले तृणमूल कग्रेंसलाई परम्परागत रूपमा यहाँ बढ़त प्राप्त भइरहेको छ भने यसपालिको उपचुनाउमा पनि त्यस्तै भयो।
यस उपचुनाउको परिणामलाई आगामी विधानसभा चुनाउपूर्व सबै प्रमुख दलहरूको लागि संकेतक मानिँदैछ जसमा तृणमूल कंग्रेसलाई आफ्नो राजनीतिक पकड़लाई अझ सशक्त बनाएको देखिँंदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा