नदिया, 24 जून (हि. स.)। नवद्वीप नगरपालिकाको वार्ड नम्बर- 16 स्थित सरकारपाड़ामा घर भाड़ामा दिएको अपराधमा एक वृद्धको हत्या गरियो।
पुलिस सूत्र अनुसार मृतकको नाम नेपाल देवनाथ (55) हो जो पेशाले टोटो चालक थिए। यिनी सरकार पाड़ा निवासी थिए।
स्थानीय औ पारिवारिक सूत्र अनुसार सरकारपाड़ा निशान क्लब मैदान संलग्न क्षेत्रमा एउटा नर्सिंग ट्रेनिंग स्कूल छ। अफिस घाट रोड निवासी नान्टु देबनाथ नामक युवकले त्यहीँ काम गर्छ। नर्सिंग ट्रेनिंग स्कूलमा भोजनको गुणस्तर कथित रूपमा निम्न स्तरको करहेको कारण तीन जना छात्राहरूले हालैमा नेपाल देबनाथको घरलाई भाड़ामा लिएका थिए। यसले गर्दा नान्टु रिसाएका थिए।
मृत वृद्धकी पत्नीले आरोप लगाइन्, अपरान्ह आरोपी नान्टु देबनाथ पाँच जना मानिसहरूलाई लिएर हाम्रो घरमा आएको थियो। उसले धम्की दिएको थियो, भाड़ामा बस्ने छात्राहरूलाई हटाएन भने हेरौंला। साँझ लगभग 7 बजr नान्टुले नेपाल देबनाथलाई सरकारपाड़ा निशान क्लब सामु एक्लै देखेर बाँस अनि रडले प्रहार गरी उसको हत्या गरिदियो। घाइते अवस्थामा रहेको वृद्धलाई स्थानीय तथा परिवारका मानिसहरूले नवद्वीप अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा