सिलगढ़ी, 24 जून (हि.स)। घना वर्षाको कारणले सिलगढ़ीदेखि सिक्किम जाने राष्ट्रिय राजमार्ग-10 क्षतिग्रस्त भएको छ। गए रातिदेखि नै यस सड़कका विभिन्न भागहरूमा पैह्रो जान शुरू भएको छ जसबाट यातायात बाधित भएको छ।
प्राप्त जानकारी अनुसार श्वेतझोड़ा सेल्फी डाँड़ा, बिरिक डाँड़ा, लिखु भीर, मल्ली औ भालुखोला जस्ता क्षेत्रहरूमा पहाड़बाट ढुङ्गा-माटो झरेर सड़कमा थुप्रिएकोले यातायात बाधित भएको छ। भनिँदैछ, प्रशासनको तत्काल हस्तक्षेपबाट स्थिति केही हदसम्म सामान्य भएको छ। हाल सड़कमा यातायात नियन्त्रित ढंगमा संचालन भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा