आवासीय भवनमा आगो लाग्दा एक जनाले गुमाए ज्यान
आवासीय भवनमा आगो लाग्दा एक जनाले गुमाए ज्यान


कोलकाता, 24 जून (हि. स.)। कोलकाताको पूर्वी भागवमा अवस्थित केस्टोपुर क्षेत्रमा मंगलवार भोर बिहान एक आवासीय भवनको ग्राउण्ड फ्लोरमा आगलागी भएको कारण एक जना व्यक्तिको मृत्यु भयो। सो जानकारी पुलिसले दिएको हो।

स्थानीय मानिसहरूले अनुसार भोर बिहान लगभग 3:30 बजी भवनको भुइँतलामा अचानक आगो बलिरहेको देखियो। यो क्षेत्रमा बागुईहाटी थाना अन्तर्गत पर्दछ। घटनाको सूचना पाउनसाथ 4:05 बजी दमकलका केही वाहनहरू घटनास्थलमा पुगे अनि दमकलकर्मीहरूले बिहान 7:30 बजीसम्ममा आगोलाई पूर्णरूपमा नियन्त्रण गरे।

दमकल विभागका एक जना वरिष्ठ अधिकारीले बताए, घटनास्थलमा एक जना व्यक्तिको जलेको शव भेटिएको छ जसको पहिचान सब्यसायी चक्रवर्तीको रूपमा भएको जो सोही भवनको भुइँतलामा फसेका थिए।

पुलिस अधिकारीले बताए, आगलागीको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन। घटनाको जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande