हावड़ा, 24 जून (हि.स.) । हावड़ाको सन्तरागाछी थाना क्षेत्रमा गत 22 जूनमा भएको गोलीकाण्डमा पुलिसले नयाँ खुलासा गरेको छ। प्रारम्भिक रूपमा यसलाई प्रमोटर वा व्यवसायसित सम्बन्धित आपस्तको ग्यांगवार बताइँदैथ्यो, तर जाँचमा पत्तो लाग्यो कि यो मामिला कुनै आपराधिक शत्रुता होइन, अवैधह तियारसित सम्बन्धित दुर्घटनावश भएको फायरिंग हो।यस घटनामा घाइते युवक बापन बेड़ालाई पुलिसले पक्राउ गरेको छ।
हावड़ाका पुलिस कमिश्नर प्रवीण त्रिपाठीले मंगलवार बिहान बताए, गत 22 जूनमा पुरातनन बनारितला, एजेसीबोस बोटनिकल गार्डन थाना क्षेत्र निवासी बापन बेड़ालाई गोली लागेको थियो। उ आफ्नो साथी आकाश मण्डलसित रेमण्डगेट, सन्तरागाछी नजिक बसेकोथियो, अचानक पाँच-छह जना अज्ञात मानिसहरूले उमाथि गोली चलाएको बताइएको थियो। यसै आधारमा सन्तरागाछी थानामा एफआईआर संख्या 57/25 दर्ता गरिएको थियो जसमा भारतीय न्याय संहिताको धारा 318(2)/109/3(5) औ आर्म्स एक्टको धारा 25/27 लगाइएको थियो।
मामिलाको गम्भीरतालाई मध्यनजर गर्दै जाँच शुरू गरियो। स्थानीय प्रत्यक्षदर्शीहरूसित जाँचबुझ गरियो, तर कसैले पनि सिकायतकर्ताको बयानको पुष्टि गरेन। त्यसपछि वरपरका सीसीटीभी फुटेजको जाँच गरियो।
बापनका साथी आकाश मण्डल घरबाट भागेका थिए जसलाई हालैमा पक्राउ गरियो। जाँचबुझमा आकाशले बताए, गोली कुनै बाहिरको आक्रमणकारीले चलाएको थियो। आकाशको बयान न्यायिक म्याजिस्ट्रेट समक्ष भारतीय न्याय संहिताको धारा 183 (पूर्वमाधारा 164 सीआरपीसी) अन्तर्गत दर्ता गरिएको छ।
जाँच अवधि बापन बेड़ा पनि घर छोड़ेर भागेका थिए। तरपछि उसलाई पक्राउ गरियो। गए सोमवार राति भएको जाँचबुझमा उसले आफ्नो अपराधलाई स्वीकार गर्दै बताए, गोली उसैको अवैध हतियारबाट चलेको थियो। उक्त हतियारलाई पुलिसले जफत गरेको छ।
पुलिसले भनेको छ, यो मामिला न त प्रमोटर विवादसित जोड़िएको छ न ग्यांग वारसित। यो पूर्ण रूपले अवैध हतियारबाट दुर्घटनावश गोली चलेको घटना हो। आरोपी बालन बेड़ालाई मंगलवार न्यायालयमा पेश गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा