कोकराझाड़ (असम), 24 जून (हि.स.)। पर्वत झोराको बाँसबाड़ी क्षेत्रस्थित पागलीझोरामा अदानी ग्रुपलाई ताप विद्युत परियोजना निर्माणार्थ भूमि आवन्टन गर्ने प्रस्तावको स्थानीय मानिसहरूले लगातार विरोध गरिरहेका छन्।
हालैमा असम सरकार अनि बीटीआर परिषद सरकारद्वारा अदानी ग्रुपलाई परियोजनाको लागि 3000 बिघा भूमि आवन्टन गरिने कुरा प्रकाशमा आएपछि स्थानीय बोड़ो समुदायका मानिसहरूले उक्त फसेलाको चर्को विरोध गरिरहेका छन्।
मुख्यमन्त्रीडा. हिमन्त बिस्व सरमाले बयान दिए, यदि बीटीआरका मानिसहरू यस परियोजनालाई चाहँदैनन्, भने यसलाई धुबड़ी वा ग्वालपाड़ामा लगिनेछ। तथापि प्रदर्शनकारीहरूले लिखित आश्वासन नपाइञ्जेलसम्म आन्दोलनलाई जारी राख्ने कुरा गरिरहेकाछन्।
यसबीच आज बोड़ो भाषाका गायक बिगराय ब्रह्मर गौतम ब्रह्मले आन्दोलन स्थलमा पुगेर गीतहरूको माध्यमबाट सरकारको विरोध गर्नेछन्।
प्रदर्शनकारीहरूले मुख्यमन्त्रीलाई धन्यवाद दिँदै भने, उनले हाम्रो पीड़ालाई बुझे।तर सँगसँगै उनीहरूले यो पनि माग गरे, पर्वतझोरा मात्र नभएर सम्पूर्ण बीटीआर क्षेत्रबाटै यस परियोजनलाई हटाइयोस्।
मुख्यमत्रीद्वारा दिइएको यस बयान-लगभग 80 परिवारले 4000 बिघा जमीनमा अतिक्रमण गरेका छन्,-माथिमानिसहरूले प्रतिक्रिया दिए, उनलाई गलत जानकारी दिइएको छ र स्थानीय परिस्थितिबारे उनलाई पूर्ण जानकारी छैन।
आन्दोलनको आड़मा राजनीति गर्ने तथा मानिसहरूलाई भड़ाएको आरोप लगाउने प्रमोद बोड़ोको बयानलाई लिएर पनि उनीहरूले विरोध व्यक्त गरे। प्रदर्शनकारीहरूले भने, यो आन्दोलन कसैले भड़ाएकोमा होइन जनताको असली भावा अनि अधिकारहरूको रक्षाको लागि गरिएको हो। उनीहरूले आरोप लगाए, प्रमोद बोड़ो व्यक्तिगत लाभको लागि मानिसहरूको विरोधलाई दमन गरी बलजफ्ती परियोजनालाई लागू गराउन चाहन्छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा