असमको पहाड़ी लाइनमा पैह्रो, त्रिपुरामा आवश्यक सामग्रीहरूको आपूर्ति सुनिश्चित गर्नको लागि समीक्षा बैठक
असमको पहाड़ी लाइनमा पैह्रो, त्रिपुरामा आवश्यक सामग्रीहरूको आपूर्ति सुनिश्चित गर्नको लागि समीक्षा बैठक


अगरतला, 24 जून (हि.स.)। असमको लामडिंग-बदरपुर पहाड़ी लाइनमा पैह्रो गएको कारणले पूर्वोत्तर सीमान्त रेलवे (पूसीरे)-का अधिकारीहरूले केही ट्रेनहरूलाई रद्द गरिदिएका छन्। यसलाई मध्यनजर गर्दै राज्य सरकारले त्रिपुरामा इन्धन लगायत अन्य आवश्यक सामग्रीहरूको आपूर्तिको स्टकको समीक्षा गर्नको लागि मंगलवार एक उच्चस्तरीय बैठक गरेको छ।

राज्य सरकारका एकजना शीर्ष अधिकारीले मंगलवार बताए, पूर्वोत्तर सीमान्त रेलवे (पूसीरे)- का अधिकारीहरूले असममा पैह्रो प्रभावित रेलवे लाइनमा गए सोमवारदेखि यात्री अनि मालगाड़ीहरूलाई रद्द गरिएको छ। यसलाई ध्यानमा राखेर वर्तमान स्थितिको मूल्यांकन गर्नको लागि आज एक उच्चस्तरीय समीक्षा बैठक आयोजना गरियो।

उनले बताए, त्रिपुरा सरकारका सम्बन्धित मण्डल अधिकारीले असमको बदरपुरमा अवस्थित पूसीरेका क्षेत्रीय प्रबन्दकसित पहिला नै बातचित गरिसकेका छन्। क्षेत्रीय प्रबन्धकले आश्वासन दिए, पूसीरेका इञ्जीनियर, अधिकारी औ कर्मचारीहरूले पैह्रोले क्षतिग्रस्त रेलवे लाइनलाई बहाल गर्नको लागि युद्धकालीन गतिविधिहरूलाई परिणाम दिएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande