पुँछ, 24 जून (हि.स.)। सुरक्षा बलहरूले मंगलवार जम्मू-कश्मीरका सीमावर्ती जिल्ला पुँछमा लगभग एक दर्जन स्थानहरूमा खोजी अभियान संचालन गरे।
सुरक्षा अधिकारीहरूले बताए, संदिग्ध गतिविधि भइरहेको सूचना प्राप्त भएपछि स्थानीय पुलिस, सीआरपीएफ तथा राष्ट्रिय राइफल्सको विशेष अभियान समूहले बिहान लगभग 6 बजी सुरनकोट अनि मेंढरका विभिन्न क्षेत्रहरूमा संयुक्त रूपमा खोजी अभियान संचालन गऱ्यो।
अधिकारीहरूले बताए, सुरनकोटको सारी, उस्तान, पठानखोर, लोहार मोहल्ला, चाँदीमढ़, फागल, हरि टप औकागवाली, मेंढरको लिंबार उच्चद तथा कल्लर-गुरसाईमा अभियान संचालन गरिँदैछ। खोजी अभियान अहिले पनि जारी छ, तर अहिलेसम्म सुरक्षाबलहरूले कुनै पनि संदिग्धको सामना गरेका छैनन्।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा