उपचुनाउः शुभेन्दुले भाजपाको हार भए पनि हिन्दू भोटहरू एकजुट भएको दाबी गरे, भने- 2026-मा परिवर्तन हुने आशा छ
उपचुनाउः शुभेन्दुले भाजपाको हार भए पनि हिन्दू भोटहरू एकजुट भएको दाबी गरे, भने- 2026-मा परिवर्तन हुने आशा छ


कोलकाता, 24 जून (हि.स.)। नदिया जिल्लाको कालीगञ्ज विधानसभा सीमा सम्पन्न भएको उपचुनाउमा तृणमूल कंग्रेस (टीएमसी)-को ठूलो जीत भए पनि भारतीय जनता पार्टी (भाजपा)-ले दाबी गरेको छ, यस चुनाउमा हिन्दू मतदाताहरू भाजपाको समर्थनमा एकजुट भएको देखियो। पार्टी नेताहरूको भनाइ छ, बूथ-वार मतदानको आँकड़ाबाट यो स्पष्ट हुन्छ कि हिन्दू बहुल क्षेत्रमा भाजपालाई व्यापक समर्थन प्राप्त भएको छ।

राज्य विधानसभामानेता प्रतिपक्ष शुभेन्दु अधिकारीले मंगलवार भने, “कालीगञ्ज उपचुनाउमा भाजपा उम्मेद्वारलाईमुस्लिम बहुल बूथहरूमा कि त एकल अंंक भोट प्राप्त भयो कि त 50-को आँकड़ा पनि छुन सकेन। यसको विपरीत अधिकांश हिन्दू बहुल बूथहरूमा भाजपालाई बढ़त प्राप्त भएको छ।” उनले भने, “योहिन्दू मतदाहरूको एकताले नै बंगालमा हिन्दुत्वको राजनीतिको उदयको मार्ग तयार गर्नेछ।”

शुभेन्दु अधिकारीले यो पनि भने, राज्यमा राजनीतिक परिवर्तनको लागि हिन्दुहरू एकजुट हुन आवश्यक छ। उनले चेताउनी दिए, यदि हिन्दू समुदाय विभाजित रह्यो भने मुर्शिदाबाद, मोथाबाड़ी औमहेशतला जस्ता क्षेत्रहरूमा उनीहरूविरूद्ध हमला जारी रहनेछ।

भाजपाकाराज्य महासचिव औपूर्व पत्रकार जगन्नाथ चट्टोपाध्यायले पनि अधिकारीको दाबीलाई समर्थनगर्दै चुनावी आँकड़ालाई आधार बनाए। उनले भने, “कालीगञ्जमालगभग एक लाख सात हजार 846 हिन्दू भोटरहरू छन् जुन मोठ मतदाताहरूको 43 प्रतिशत हो। यसरी नै मुस्लिम मतदाताहरूको संख्या लगभग एक लाख 44 हजार 932छअर्थात 57 प्रतिशत।यस उपचुनाउमा मोठएक लाख 85 हजार 664भोटखस्यो जसले73 प्रतिशत मतदान दरलाई दर्शाउँछ। यसबाट लगभग 71 हजार भोट हिन्दू मतदाताहरूले दिए अर्थात 69 प्रतिशत हिन्दू भोटरहरूले मतदान गरे।”

उनले दाबी गरे,भाजपालाईहिन्दू भोटहरूबाट प्राप्त हुने समर्थन लगातार बढ़िरहेको छ। चट्टोपाध्यायले भने, “वर्ष 2021-कोविधानसभा चुनाउमा भाजपालाई हिन्दू भोटरहरूको समर्थन 70 प्रतिशत प्राप्त भएको थियो जुन वर्ष 2024-को लोकसभा चुनाउमा बढ़ेर 72 प्रतिशत पुग्यो भने यस उपचुनाउमा यो 74 प्रतिशतभन्दा अधिक पुगेको छ जुन अहिलेसम्मकै सबैभन्दा अधिक हो।”

तथापि उपचुनाउमा50 हजारभन्दा अधिक मतहरूले जीत दर्ता गर्ने टीएमसी उम्मेद्वार अलिफा अहमदले भाजपाको दाबीलाई पूर्णरूपले खारेज गरिदिइन्। उनले भनिन्, “कालीगञ्जकाजनताले एकपटक फेरि यो साबित गरिदिएका छन् कि बंगालमा साम्प्रदायिक राजनीतिको लागि कुनै ठाउँ छैन। सबै समुदायका भोटहरूले हामीलाई समर्थन गरेका छन्।”

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande