श्रीनगर, 24 जून(हि.स.)। जम्मू औकश्मीर पुलिसलेमंगलवार बतायो, श्रीनगरको जादीबल क्षेत्रमा इमामबाड़ाको मुख्य प्रवेश द्वार बाहिर सड़कमा चित्रित इजरायली झण्डा जस्तो भित्तेचित्रलाई पुलिसले हटाइदियो। पुलिसलाई उक्त भित्तेचित्रको बारेमा सूचना प्राप्त हुनसाथ एक टीम घटनास्थलमा पुग्यो अनि साम्प्रदायिक सद्भाव र सार्वजनिक व्यवस्थालाई कायम राख्नको लागि यसलाई हटाइयो।
बयानमा भनिएको छ, प्रारम्भिक जाँचमा तीनजना स्थानीय किशोरीहरूको संलिप्तता सामु आएको छ। उनीहरूको उमेर अनि कृत्यको संवेदनशीलतालाई देखेर उनीहरूका माता-पितालाई पुलिस स्टेशनमा बोलाइयो अनि उनीहरूको उपस्थितिमा नाबालिकहरूलाई काउन्सिलिंग गरियो। उनीहरूलाई यस किसिमको कृत्यहरूको निहितार्थ एवं साम्प्रदायिक सद्भाव र जिम्मेवारी नागरिक व्यवहारलाई कायम राख्ने आवश्यकता बारे जागरूक गराइयो। कानूनी कारबाही किशोर न्याय ढाँचा अनुसार कड़ाईपूर्वक गरिनेछ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा