कछारः 576.58 किग्राम गाँजा सहित तीन पक्राउ
कछारः 576.58 किग्राम गाँजा सहित तीन पक्राउ


कछार (असम), 24 जून (हि.स.)। गुप्त सूचनाको आधारमा मंगलवार बिहान कछार पलिसले सिलचर पुलिस थाना अन्तर्गत सिलचर बाइपास नजिकै इन्टर स्टेट बस टर्मिनल (आईएसबीटी) क्षेत्रमा नशालुपदार्थको अवैध तस्करी विरोधी विशेष अभियान संचालन गऱ्यो।

यस अवधि त्रिपुराबाट आइरहेका दुईवटा संदिग्ध वाहन—एएस 01 ईएफ/2494 (बोलेरो) र टीआर 01 बीक्यू/0462 (वर्ना)—लाई रोकेर जाँंच गरियो। जसमा दुवै वाहनहरूबाट लगभग 576.58 किलोग्राम गाँजाका 86 वटा प्याकेट जफ्त गरियो। जफ्त गरिएको सामग्रीको कालोबजारमा अनुमानित मूल्य लगभग 3 करोड़ रुपियाँ रहेकोछ।

पुलिसले घटनास्थलबाट त्रिपुरा निवासी तीनजना आरोपीहरूलाई पक्राउ गरेको छ जसको पहिचान ज्योतिष देबबर्मा (38), प्रसन देबबर्मा (32) तथा चिरञ्जीत देबबर्मा (31)-को रूपमा भएको छ।

घटनास्थलमा गाँजाको पुष्टि ड्रग डिटेक्सन किटबाट गरियो। पुलिसले जफ्त पदार्थलाई स्वतन्त्र साक्षीहरूको उपस्थितिमा सिल गरिदिएको छ। प्रारम्भिक जाँचमा थाहा लागेको छ, उक्त गाँंजालाई त्रिपुराको धर्मनगर क्षेत्रबाट ल्याइएको थियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गहन रूपमा गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande