जतिंगामा रेलवे ट्र्याकमा ढुङ्गा-माटो झरेको कारणले आवागमन रद्द
जतिंगामा रेलवे ट्र्याकमा ढुङ्गा-माटो झरेको कारणले आवागमन रद्द


गुवाहाटी, 24 जून (हि.स.)। पूर्वोत्तर सीमान्त रेलव (पूसीरे)- को जतिंगा लामपुर रेलवे स्टेशन निकट ट्र्याकमा रातभरि ठूल्ठूला ढुङ्गा-माटो-हिलो आदि झरेको काकरणले रेल यातायात प्रभावित भएको छ। यस स्थितिलाई मध्यनजर गर्दै रेलवेले मंगलवार केही ट्रेनहरूको परिचालनलाई रद्द गर्ने निर्णय लिएको छ।

पूसीरेेद्वारा जारी सूचना अनुसार 24 जूनमा प्रस्थान हुने 12504 अगरतला-एसएमवीबी (बेंगलुरु) एक्सप्रेस एवं 14037 सिलचर-नयाँ दिल्ली एक्सप्रेसलाई रद्द गरिएको छ। यस अतिरिक्त 13174 सबरूम-सियालदह कञ्चनजङ्घा एक्सप्रेस पनि सबरूमदेखि लामडिंगबीच रद्द रहनेछ। यो ट्रेन केवल लामडिंगदेखि सियालदहबीच संचालन हुनेछ।

रेलवेले यात्रीहरूसित असुविधाको लागि खेद प्रकट गर्दै वैकल्पिक यात्राको योजना बनाउने अनुरोध गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande