बंगाईगाउँमा दुईजना बंगलादेशी नागरिक पक्राउ
बंगाईगाउँमा दुईजना बंगलादेशी नागरिक पक्राउ


बंगाईगाउँ (असम), 24 जून (हि.स.)। राज्यमा बंगलादेशी नागरिकहरूलाई निष्कासन गर्ने प्रक्रिया जारी रहेको अवस्थमा गए राती बंगाई गाउँमा दुईजना बंगलादेशी नागरिकहरूलाई पक्राउ गरियो।

बंगाईगाउँ जिल्लाको न्यू बंगाईगाउँ जीआरपीको कारबाहीमा दुईजना बंगलादेशीहरूलाई पुलिसले पक्राउ गऱ्यो। न्यू बंगाईगाउँ जीआरपीको खोजी अभियानमा सर्वप्रथम मोहम्मद गुलाम रब्बानलाई पक्राउ गरियो भने केही समयपछि आरपीएफको कारबाहीमा गुलामको भाइ असरूल इस्लामलाई पनि समातियो। दुवै दाज्यु-भाइ बंगालदेशको राजशाही जिल्लाका हुन्।

यिनीहरू मुम्बईमा श्रमिकको रूपमा काम गर्ने उदेश्यले न्यू बंगाईगाउँ जंक्शनमा ट्रेनमा सवार हुन आएका थिए। यिनीहरूको तांबरम एक्सप्रेस ट्रेनमा जाने योजना थियो, तर जीआरपीले यिनीहरूको प्रयासलाई असफल बनाइदियो। दुवै बंगलादेशीहरूबाट भारतको जाली आधार कार्ड जफ्त गरिएको छ जुन पश्चिम बंगालमा बनाइएको थियो। मुम्बई जाने सबै योजना एक गिरोहद्वारा बनाइएको थियो। यिनीहरू बंगलादेशबाट मेघालय हुँदै असममा प्रवेश गरेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande