जयपुर, 24 जून (हि.स.)। राजस्थान लोकसेवा आयोगले विभिन्न भर्ती परीक्षाहरू अन्तर्गत प्राप्त अनलाइन आवेदनहरूको जाँच गर्दा धेरैजनाले योग्यता बिनै आवेदन गरेको भेटेको छ। यस्तै एउटा मामिला वर्तमानमा आयोजना भइरहेको प्राध्यापक एवं कोच प्रतियोगिता परीक्षा -2024 सित सम्बन्धित रहेको छ।
यस प्रकरणमा मनीषा कटारा, पुत्री नाथु कटारा, निवासी भीमखोरा, ग्राम टांडीकलाँ, खण्ड कुशलगढ़, जिल्ला बाँसवाडाले स्वयंलाई एघारवटा विषयहरूमा एमए गरेको बताउँदै यी विषयहरूको पदको लागि आवेदन गरेको छ।
आयोगद्वारा यस सम्बन्धमा उम्मेद्वार मनीषा कटाराको अनलाइन आवेदनमा दिइएको रजिस्टर्ड मोबाइल नम्बरमा सम्पर्क गरी अवगत गराउने प्रयास पनि गरियो, तर उम्मेद्वारले न त फोन उठाइन्, न पुनः सम्पर्क गर्ने प्रयास गरिन्।
अब आयोगले मात्र 29 वर्षको उमेरमा एघारवटा विषयमा डिग्री हासिल गरेकोलाई असत्य घोषणा गर्ने प्रकरणमा व्यक्तिगत सुनवाई गरी अभ्यर्थीविरूद्ध कानूनी कारबाही गर्नेछ।
उम्मेद्वारले राजनीति विज्ञान, इतिहास, बायोलोजी, केमिस्ट्री, सोशियोलजी, इकोनोमिक्स, पञ्जाबी, ड्रइंग, होम साइन्स, राजस्थानी म्यूजिक जस्ता विषयहरूमा मास्टर गरेको दाबी गरेकी छन्।
आयोगका सचिवले बताए, आयोगको भर्ती परीक्षामा अनलाइन आवेदन गर्दा आवेदकद्वारा यो घोषणा गरिन्छ कि आवेदनमा दिइएका सबै जानकारी स्वज्ञान तथा विश्वास अनुसार सही हो। जानकारी यदि झुटो वा गलत भएको पत्तो लाग्यो भने आयोगले मविरूद्ध कारबाही गर्नसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा