गान्तोक, 24 जून (हि.स.)। सिक्किमको राज्यपाल ओम प्रकाश माथुरले संविधान हत्या दिवसमा राज्यवासीहरूलाई सन्देश दिॅंदै भने, 'संविधान हत्या दिवस दिनले हामीलाई संविधानको मूल भावना, यसको गरिमा र यसमा निहित हाम्रा अधिकारहरू र कर्तव्यहरूको महत्ताको स्मरण गराउॅंछ।'
राज्यपालले आज जारी आफ्नो सन्देशमा भने, 'हाम्रो संविधान केवल एउटा विधिक दस्तावेज होइन, यो हाम्रो लोकतान्त्रिक आस्था, स्वतन्त्रता, समानता र न्यायका मूल्यहरूको प्रतीक पनि हो। राज्यपालले संविधानका सिद्धान्तहरूको रक्षा गर्न एकजुट बन्न, जागरूक रहन र लोकतान्त्रिक संस्थाहरूलाई जह्रिलो बनाउन सतत प्रयास गर्न आग्रह गरेका छन्।
राज्यपालले देशको संवैधानिक मर्यादालाई कहिल्यै पनि कमजोर हुन दिने छैनौं र लोकतन्त्रको अलखलाई प्रज्वलित राख्दै अगाडि बढिरहने संकल्प लिन आह्वान गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल