गान्तोक, 24 जून (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज नयॉं दिल्लीमा केन्द्रिय संस्कृति एवं पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतसॅंग शिष्टाचार भेट गरे।
यस भेटको क्रममा सिक्किमको समृद्ध सांस्कृतिक विरासत, जनजातीय परम्पराहरू र प्राकृतिक सौन्दयलाई लिएर सकारात्मक चर्चा भएको राजभवनले आज विज्ञप्तिमा जनाएको छ। साथै, राज्यमा पर्यटनको सम्भावनाहरूलाई अझ सुदृढ गर्न विभिन्न पहलहरूमाथि पनि विचार-विमर्श भयो।
बैठकमा 'रणभूमि दर्शन' योजना अन्तर्गत सीमावर्ती क्षेत्रहरूमा सांस्कृतिक र विरासत आधारित पर्यटनलाई प्रोत्साहित गर्ने सम्भावनाहरूमाथि पनि विशेष रूपमा चर्चा भएको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल