गोलाघाट (असम), 24 जून (हि.स.)। गोलाघाटकोकटकटियामाजिल्ला प्रशासनद्वारा आजबिहानअतिक्रमण हटाऔंअभियान आरम्भ गरियो।सरकारी भूमिमा घर बनाएर दश परिवार यहाँ बसोबास गर्दै आइरहेका थिए।
जिल्ला प्रशासनले यी परिवारहरूलाई पूर्व सूचना पठाएको थियो। प्रशासनकोसूचना पाएपछि केही परिवारहरूले आफै सरकारी भूमिलाई छोड़ेर गइसकेका छन् भने केही परिवारहरू अहिले पनि अडिग छन्। त्यसैले गोलाघाट राजस्व सर्कल कार्यालयअन्तर्गत उक्तभूमिमा आज बिहानदेखिकै जिल्ला प्रशासनसँगसँगैराजस्व सर्कल कार्यालयकाअधिकारीअनिकर्मचारीहरूबेदखली अभियानमा जुटेका छन्।
वर्तमानमाघटनास्थलमा कुनै पनि प्रकारको अप्रिय स्थिति सृजना भएको छैन। घटनास्थलमा ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरिएको छ। सरकारी भूमिबाट बेदखली कारबाही राज्यका अन्य भागहरूमा पनि जारी छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा