‘सिक्किमको स्वर्णजयन्ती: राष्ट्रको स्वर्णिम उपलब्धि’ थीममाथि 211औं भानुजयन्ती पालन गरिने
‘सिक्किमको स्वर्णजयन्ती: राष्ट्रको स्वर्णिम उपलब्धि’ थीममाथि 211औं भानुजयन्ती पालन गरिने


गान्तोक, 24 जून (हि.स.)। नेपाली साहित्य परिषदले 211 औँ भानुजयन्ती समारोह 2025 लाई ‘सिक्किमको स्वर्णजयन्ती: राष्ट्रको स्वर्णिम उपलब्धि’ थीममाथि आयोजना गर्ने निर्णय गरेको छ। शहरको डेभलपमेन्ट एरिया, जीवन थिङ्ग मार्गस्थित परिषद भवनमा अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा आज बसेको एक विशेष सभामा उक्त निर्णय लिएको हो।

परिषदका प्रचार सचिव जोसेफ लेप्चाले आज जारी प्रेस विज्ञप्तिमा बताए अनुसार, सदाझैँ यस वर्ष पनि भानु उद्यान तथा मनन केन्द्रमा राज्यस्तरीय कार्यक्रम आयोजना गरिने छ। सभाले समारोह समितिको मुख्य संरक्षकको रूप मुख्यमन्त्री पीएम तामाङ, आयोजक समारोह समितिका अध्यक्षको रूपमा मन्त्री पिञ्छो नामग्याल लेप्चा, संरक्षकको रूपमा मन्त्री सोनाम लामा, मन्त्री अरुण उप्रेती, मन्त्री जीटी ढुङ्गेल, विधायक दिले नामग्याल बर्फुङपा, विधायक कला राई तथा विधायक तेञ्जिङ लाम्टा मनोनीत गरेको छ।

यसरी नै समारोह समितिमा परिषदका अध्यक्ष हरि ढुङ्गेललाई कार्यकारी अध्यक्ष तथा महासचिव नीलम न्यौपानेलाई महासचिवको रूप मनोनीत गरिएको छ। यसरी नै समितिका उपाध्यक्षको रूपमा गान्तोक नगर निगम उपमेयर छिरिङ पाल्देन तथा देवीमाया प्रधान मनोनीत गरिएको छ।

आफ्नो अध्यक्षीय सम्बोधनमा हरि ढुङ्गेलले सिक्किमको राज्य स्थापनाको स्वर्णजयन्तीलाई केन्द्रित गरेर विभिन्न कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यक्तामाथि जोर दिएका छन। उनले यस स्वर्णिम अवसरलाई सफल बनाउन सिक्किमको हरेक समुदाय तथा सम्प्रदायलाई सामेल गराउने विचार व्यक्त गरे। सो सभामा कार्यकारिणी सदस्यहरू अधीनस्थ विभिन्न उपसमितिहरू गठन गरिएको छ। सो व्यक्तिहरूलाई प्रतिस्पर्धीहरूले आवेदनका लागि सम्पर्क गर्न सक्नेछन्।

रामायण पाठका लागि नविन लामिछाने (9434080106), कविता प्रतियोगिताका लागि खुसेन तिम्सिना (9474649199), नृत्य प्रतियोगिता गणेश ढुङ्गेल (8348173603), शोभायात्राका लागि भक्ति शर्मा (9046467914), कोषाध्यक्षका लागि जीएस लिम्बू (8768498769) तथा प्रचार-प्रसारका लागि जोसेफफ लेप्चा (9832483978) मनोनीत गरिएको छ। सो संयोजकहरूको अधीनमा सदस्यहरू पनि सामेल गरिएका छन्।

यस अतिरिक्त शिष्टाचार, भानु स्मारिका तथा निमन्त्रणा समिति पनि गठन गरिएको छ। यस वर्ष शोभायात्रामा सामेल हुने भइदिने सभाले आग्रह गरेको छ। तर, सो शोभायात्रामा सामेल प्रतिस्पर्धात्मक रूपमा आयोजना गरिने छैन तथा आफ्नो बुतामा आएर सहभागी बनिदिन पनि आग्रह गरेको छ। सभाको सञ्चालन महासचिव नीलम न्यौपानेले गरे तथा धन्यवाद ज्ञापन प्रशासन एवं विधि सचिव रत्न लक्सम सुब्बाले गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande