वाराणसी,24 जून (हि.स.)। धर्म नगरी काशीमा मंगलवार आयोजना भइरहेको मध्य क्षेत्रीय परिषदको 25औं बैठकपूर्व उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथले काशी पुराधिपति बाबा विश्वनाथ अनि श्री संकटमोचन मन्दिरमा उपस्थिति दर्ता गराए। दुवै मन्दिरमा विधि-विधानपूर्वक दर्शन-पूजन गरेपछि मुख्यमन्त्रीले बैठकको सफलता अनि देश-प्रदेशको सुख-शान्तिको लागि महादेव तथा श्री संकटमोचनसित मंगलकामना गरे।
मन्दिरमा दर्शन-पूजन गरेपछि मुख्यमन्त्रीले आफ्नो अधिकृत सोशल मीडिया अकाउण्टमा लेखे, बाबा विश्वनाथको कृपाभूमि, अविनाशी काशीमा आज मध्य क्षेत्रीय परिषदको बैठकमा सहभागी हुनेछु। संघीय एकता, राष्ट्रिय अखण्डता तथा क्षेत्रीय विकासलाई सुदृढ़ बनाउने यो परिषदले प्रधानमन्त्री नरेन्द्र मोदीको टीम इण्डियाको दृष्टिकोणलाई नयाँ शक्ति अनि गति प्रदान गर्नेछ। उनले लेखे, देवभूमि उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी, बाबा महाकालको कृपा भूमि मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादव एवं माँ दन्तेश्वरीको पावनधारा छत्तीसगढ़का मुख्यमन्त्री विष्णुदेव सायसमेत मध्यक्षेत्रीय परिषदको बैठकमा सम्मिलित भएका छन्।
बिहान मुख्यमन्त्रीले ओहोर-दोहोर गर्ने समयमा सड़कमा यातायातलाई केही समयसम्मको लागि रोकियो। कड़ा सुरक्षाबीच मुख्यमन्त्री सर्किट हाउसबाट मन्दिरमा पूजा गर्न पुगे। श्री काशी विश्वनाथ मन्दिरमा दर्शन पूजन गरेपछि श्री संकटमोचन मन्दिरमा पुगेका मुख्यमन्त्री योगीलाई हमन्त प्रो. विश्वम्भरनाथ मिश्राले स्वागत गरे। यस अवसरमा महामण्डलेश्वर सन्तोष दास सतुआ बाबा, प्रदेशका मन्त्री एवं शहर दक्षिणीका विधायक डा. नीलकण्ठ तिवारी, प्रदेशका क्याबिनेट मन्त्री अनिल राजभर,विधायक सौरभ श्रीवास्व पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा