राज्यको दर्जा हाम्रो अधिकार हो, कसैको दया होइनः डा. फारूक
राज्यको दर्जा हाम्रो अधिकार हो, कसैको दया होइनः डा. फारूक


श्रीनगर, 23 जून हि.स.। नेशनल कन्फ्रेन्स (एनसी)- का अध्यक्ष डा. फारूक अब्दुल्लाले भनेका छन्, जम्मू-कश्मीरलाई राज्यको दर्जा दिनु यहाँका मानिसहरूको अधिकार हो भारत सरकारद्वारा दिइने कुनै दया होइन। श्रीनगरमा पत्रकारहरूसित बातचित गर्दै उनले भने, राज्यको दर्जा यस राज्यको अधिकार हो। यो कुनै दया होइन जबकि मानिसहरूको अधिकार हो।

वैश्विक तनाउलाई लिएर उनले भने, इजरायलले चाहँदनथ्यो कि ईरानले आफ्नो परमाणु शक्ति बढ़ाओस्। जबकि इजरायलले शुरूबाटै चाहन्थ्यो कि ईरानले आफ्नो परमाणु शक्तिलाई नबढ़ाओस्। उनले भने, इजरायल मात्र नभएर अन्य सुन्नी देशहरू पनि यसको विरोधमा छन्। तर उनीहरूसित बोल्ने हिम्मत छैन। मलाई उनीहरूमाथि दया लागिरहेको छ। तर म चेताउनी दिन्छु कि इजरायलले उनीहरूको देशमा पनि हमला गर्नेछ। इजरायललाई उनीहरूको तेल र ग्यास मात्र चाहिन्छ।

डा. फारूक अब्दुल्लाले भने, इजरायलद्वारा ईरानमाथि गरिएको ह मलालाई अमेरिकाको समर्थन प्राप्त छ। आशा छ विश्वका शक्तिहरूले यसमाथि नजर राखिरहेका छन् र यदि यो बढ़्यो भने हरेक देशको आर्थिक स्थिति प्रभावित हुनेछ। डा. अब्दुल्लाले प्रार्थना गरे, ईरान र इजरायलबीच युद्ध समाप्त होस्। विश्वका देशहरूले यस युद्धलाई रोक्नका लागि प्रयास गरिरहेका छन्। अल्लाहले उनीहरूलाई यसमा सफल बनाउन्, नत्र भारतको आर्थिकि स्थिति अत्यन्त सोचनीय हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande