सुखचरमा भारी मात्रामा मादक पदार्थको साथ एक पक्राउ
सुखचरमा भारी मात्रामा मादक पदार्थको साथ एक पक्राउ


दक्षिण सालमारा, 24 जून (हि.स.)। सालमारा-मानकाचर जिल्लाको सुखचर थाना क्षेत्र अन्तर्गत बेपारीपारा फेरीघाटमा पुलिसले मादक पदार्थहरू विरूद्ध अभियान चलाएर भारी मात्रामा प्रतिबन्धित ट्याबलेट र ड्रग्सको साथ एक व्यक्तिलाई पक्राउ गऱ्यो।

पुलिसले मंगलवार बतायो, मानकाचर थाना प्रभारी दीपक बरगोहाईलाई प्राप्त गुप्त सूचनाको आधारमा जिल्ला पुलिसको एक टीमले सुखचर र मानकाचर पुलिसको सहायताले ड्रग्स विरोधी अभियान चलायो। अतिरिक्त पुलिस अधीक्षक प्रताप दासको नेतृत्वमा चलाइएको यस कारबाहीमा 3,260 लागू औषद र 110 कफ सिरफको बोतल जफत गरियो।

पक्रा परेको आरोपीको पहिचान मानकाचरको पूबेर गाउँ निवासी अब्दुल बातेनको छोरा नयन मियां (23) को रूपमा भएको छ। पुलिसले जफत लागू औषदको साथ आरोपीलाई सोधपुछको निम्ति सुखचर थाना लगेको छ।

पुलिसको भनाई छ, जफत गरिएको ड्रग्सलाई छिमेकी राज्य पश्चिम बंगालदेखि ल्याएर धुबड़ीको बाटो फेरि नदी तरेर मानकाचर पुऱ्याउने योजना थियो। तर गुप्त सूचनाको आधारमा समय रहँदै कारबाही गरी पुलिसले फेरीघाटमै लागू औषदलाई जफत गरी सप्लायरलाई समात्यो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande