मणिपुरमा हतियार तस्करी ऱ्याकेटको भण्डाफोड़, चार पक्राउ
मणिपुरमा हतियार तस्करी ऱ्याकेटको भण्डाफोड़, चार पक्राउ


इम्फाल, 25 जून (हि.स.)। मणिपुर पुलिसले एक अन्तर्राज्यिय हतियार तस्करी गिरोहको भण्डाफोर गर्दै ठूलो सफलता हासिल गरेको छ। पुलिस प्रवक्ताले बुधवार बताए, गुप्त सूचनाको आधारमा गरिएको कारबाहीमा पुलिसले चार जना तस्करहरूलाई प्रचुर मात्रामा अवैध हतियार तथा सञ्चार उपकरणहरू सहित पक्राउ गरेको छ।

पक्रा पर्ने आरोपीहरूको पहिचान सिनम सोमेन्द्रो मैतेई (43), उपनाम पंखेई/रिचर्ड्स, थांगमेइबंद, इम्फाल वेस्ट निवासी, जो प्रतिबन्धित संगठन यूएनएलएफ (पी)- को सदस्य रहेको बताइएको छ, लांचेम्बा नोंगथोम्बा (24), नोंगमेइबुंग अयंगपल्ली, इम्फाल ईस्ट, आरके अबोथे सिंह (33), उपनाम रोहित, सिंगजामी चिरोम लाइकै, इम्फाल वेस्ट तथा बिश्वनाथ थोइचोम (21), कोंगपाल मुतुम लाइकै, इम्फाल ईस्ट निवासीको रूपमा भएको छ।

पुलिसको कारबाहीमा जफत गरिएका हतियारहरूमा 9 मिमी पेस्तोल दुई वटा, 19 जेडी टाउरस (7.65 मिमी), फालकोन कल (7.62 मिमी), एम-20 फालकोन, केलटेक (.32 मिमी), बेरेट्टा र ग्लोक (.32 मिमी) पेस्तोल सामेल छन्। यसको साथै पुलिसले 11 वटा म्यागजिन, 129 वटा गोली, .32 मिमीको 159 जीवित गोली, तीनवटा मोबाइल फोन औ चारवटा वायरलेस ह्याण्डसेट पनि जफत गऱ्यो।

पुलिसलाई शंका लागेको छ, यो गिरोहले राज्य अनि राज्य बाहिर सक्रिय उग्रवादी एवं आपराधिक तत्वहरूलाई हतियार आपूर्ति गरिरहेको थियो। सम्पूर्ण नेटवर्क अनि यसको श्रृंखलाहरूको जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande