गान्तोक, 25 जून (हि.स.)। नाम्ची जिल्ला पुलिसले प्रतिबन्धित लागूऔषधको साथमा दुई व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूको पहिचान योगश राई र इन्द्र कुमार लिम्बू बताइएको छ।
पुलिस रिपोर्ट अनुसार, विश्वसनीय सूत्रहरू दिएको सूचनाको आधारमा योगेश राई र इन्द्र कुमार लिम्बूलाई मेङ्गली, याङगाङमा पक्राउ गरियो। उनीहरूबाट प्रतिबन्धित लागूऔषद जफत गरिएको छ। याङगाङ पुलिसले आरोपीहरू विरुद्ध एनडीपीएस अधिनियम अन्तगत मामिला दर्ता गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल