छुचेन ताकुथाङ जीपीयूमा आईईसी कार्यक्रम सम्पन्न
छुचेन ताकुथाङ जीपीयूमा आईईसी कार्यक्रम सम्पन्न


सोरेङ, 25 जून (हि.स.)। सामाजिक कल्याण विभाग, सोरेङले मंगलबारिया पीएचसीको संयुक्त तत्वावधानमा आज छुचेन ताकुथाङ जीपीयूमा धरती आभा जनजातीय ग्राम उत्कर्ष अभियान (डीएजेजीयूए) र जनजातीय गौरव वर्ष अन्तर्गत सूचना, शिक्षा एवं सञ्चार (आईईसी) कार्यक्रम सफलतापूर्वक आयोजन गऱ्यो। डीएजेजीयूए अन्तर्गत छुचेन ताकुथाङ जीपीयूलाई जनजाति गाउॅंको रूपमा चिन्हित गरिएको छ।

कार्यक्रम आयोजन गर्नुको मुख्य उद्देश्य भगवान बिरसा मुण्डा, भारतको प्रथम जनजाति स्वतन्त्र सेनानी, को 150औं जन्म वर्षगॉंठ मनाउन, जनजाति केन्द्रित क्षेत्रहरूमा जागरूकता बढाउनुका साथै सरकारी कल्याणकारी योजनाहरूको सन्तृप्ति सुनिश्चित गर्नु रहेको थियो।

यस अवसरमा पञ्चायत सभापति निरज दोङ मुख्य अतिथि र पञ्चायत सदस्य श्रीजन मंगर विशिष्ट अतिथि थिए। कार्यक्रममा 44 जना बिरामीहरूको स्वास्थ्य जॉंच गरियो भने सात जना लाभार्थीलाई पीएम एजेएवाई पहिचान पत्र र 11 जनालाई एएबीए पहिचान पत्र प्रदन गरियो। यसैगरी, के​न्द्र सरकारका विभिन्न कल्याण योजनाहरूको बारेमा पनि जागरूक गराइएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande