गान्तोक, 25 जून (हि.स.)। समिन लिञ्जे माध्यमिक विद्यालयमा आज नशामुक्त भारत अभियान अन्तर्गत एक जागरूकता कार्यक्रम आयोजन गरियो। कार्यक्रमको आयोजन सेन्टर फर् एडिक्सन मेडीसिनले सामाजिक कल्याण विभागको सहयोगमा गरेको थियो।
कार्यक्रममा बढ्दो लागूऔषध दुरुपयोग र यसको प्रारम्भिक रोकथामको महत्वमाथि जोड दिइएको थियो। परामर्शदाता आशा शर्मा र स्टाफ नर्स विपासा शर्माले लागूऔषध प्रयोगको मनोवैज्ञानिक, शारीरिक र सामाजिक प्रभावहरूको बारेमा जानकारी गराए। उनीहरूले तनाउ प्रबन्धन गर्ने तरिकाहरू बताउॅंदै विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली रोज्न प्रोत्साहित गरे।
कार्यक्रममा उपस्थित 35 जना विद्यार्थी र कर्मचारीहरूले ड्रग्समुक्त जीवन जिउने र लागूऔषध विरुद्ध आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे शपथ ग्रहण गरे।
हिन्दुस्थान समाचार / बिशाल