भानु जयन्ती समारोह तयारीबारे सभा सम्पन्न
भानु जयन्ती समारोह तयारीबारे सभा सम्पन्न


गेजिङ, 25 जून (हि.स.)। आगामी 13 जुलाईको दिन गेजिङ जिल्लामा पालन गरिने 211औं भानु जयन्ती समारोहको तयारीलाई लिएर आज जिल्लापाल तेञ्जिङ डी. डेञ्जोङपाको अध्यक्षतामा तयारी सभा सम्पन्न भयो। गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा सम्पन्न भएको सभामा भानु जयन्ती समारोहको तयारी साथै उत्सवलाई सफल बनाउनको लागि एक व्यापक योजना बनाउने विषयमा छलफल गरियो।

सभामा भानु जयन्ती समारोह समिति पनि गठन गरेको जानकारी गराइएको छ। आज बसेको सभामा विशेष गरे सान्दर्भिक एजेन्डाहरू, विभिन्न विभागहरूसॅंग सहकार्य र समन्वय, कार्यक्रम व्यवस्थापन, साहित्यिक तथा सांस्कृतिक गतिविधिहरू, पूर्वाधार र रणनीतिक कार्यान्वयनलाई लिएर चर्चा परिचर्चा गरियो। जिल्लापालले सम्बन्धित निकाय र व्यक्तिहरूलाई सुम्पिएको जिम्मेवारी इमान्दारपूर्वक पालन गर्दै कार्यक्रमलाई सफल तुल्याउन आह्वान गरे।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande