कोलकाता, 25 जून(हि.स.)। फेरि एकपटक कोलकाताका स्कूलहरूलाई बमले उड़ाउने धम्कीले खैलाबैला मच्चाएको छ। बुधवार बिहान आनन्दपुर र सियालदहस्थित दुईवटा स्कूलहरूलाई ई-मेलको माध्यमबाट बम विस्फोटको धम्की दिइयो जसमा दाबी गरियो, अपरान्ह दुई बजे स्कूललाई उड़ाइनेछ।
ई-मेल पाउनसाथ दुवै स्कूलमा तत्काल अवकाश घो,णा गरियो अनि प्रशासनले पुलिसलाई सूचित गऱ्यो। आनन्दपुर र तालतला थानाको पुलिस सहित बम स्क्वाड अनि डग स्क्वाड घटनास्थलमा पुगेर सम्पूर्ण स्कूल परिसरमा गहन जाँच गऱ्यो। यस जाँच अवधि कुनैै प्रकारको विस्फोटक वा संदिग्ध वस्तु भेटिएन। निर्धारित समय बितिसक्दा पनि कुनै प्रकारको विस्फोट भएन।
यस घटनापछि पुलिसले जाँच शुरू गरेको छ। यो पत्तो लगाउने चेष्टा गरिँदैछ, धम्कीपूर्ण ई-मेल कसले र कुन उदेश्यले पठाएको थियो। तकनिकी विशेषज्ञहरूको सहयोगमा मेल आईडी र आईपी एड्रेसको पनि जाँच गरिँदैछ।
स्मरण गराइन्छ, कोलकाताका स्कूलहरूलाई यसप्रकारको धम्की प्राप्त भएको यो पहिलो घटना होइन। यसपूर्व पनि गत अप्रेल महिना एक प्रसिद्ध स्कूललाई यसरी नै बमले उड़ाउने धम्की दिएको थियो।
प्रारम्भिक जाँचमा ई-मेल विदेशी आईपी एड्रेसबाट पठाएको पुलिसले पत्तो लगाएको थियो।
अब पुलिसले यो पनि जाँच गरिरहेको छ, वर्तमान धम्की कुनै पूर्व घटनासित सम्बन्ध छ कि छैन। हाल मामिलालाई गम्भीर रूपमा लिएर सम्बन्धित विभागहरूलाई सतर्क गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा