सत्ताको लोभमा कंग्रेसले गरेको थियो लोकतन्त्रको हत्याः मुख्यमन्त्री
सत्ताको लोभमा कंग्रेसले गरेको थियो लोकतन्त्रको हत्याः मुख्यमन्त्री


- संविधान हत्या दिवस’-मा मुख्यमन्त्रीले गरे प्रदर्शनीको उद्घाटन

- 50 वर्षपछि पनि कंग्रेसमी जीवित छ आपतकालको मानसिकताः डा.सरमा

गुवाहाटी, 25 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले ‘संविधान हत्या दिवस’- को अवसरमा बुधवार दिसपुरमा आयोजित विशेष प्रदर्शनीको उद्घाटन समारोहमा कंग्रेस पार्टीमाथि तीव्र प्रहार गरे।

मुख्यमन्त्रीले भने, “हामीले कहिल्यै भुल्नु हुँदैन कि सत्ताको लोभमा कंग्रेस पार्टीले लोकतन्त्रलाई चिर्दै संविधानको हत्या गरेको थियो।” उनले यो पनि भने, “आपतकालको पछाड़ि जुन मानसिकता थियो, त्यो कंग्रेसमा आज पनि जीवित छ र समय-समयमा यसको प्रदर्शन हुँदै आएको छ।

मुख्यमन्त्रीले युवाहरूसित अपील गर्दै भने, “हरेक युवाले दिसपुरमा आयोजित यस विशेष प्रदर्शनीलाई अवश्य पनि हेर्नुपर्छ ताकि उनीहरूले ‘संविधान हत्या दिवस’-को महत्वलाई बुझ्न सकुन्।”

यस प्रदर्शनीको माध्यमबाट 25 जून, 1975-मा लागू गरिएको आपतकालमा देशमा संविधान अनि लोकातन्त्रिक अधिकारीहरूलाई कसरी कुल्चिएको थियो, त्यसलाई जनता सामु राखिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande