सिलगढ़ी, 25 जून (हि. स.)। दिघास्थित जगन्नाथ मन्दिरको प्रसाद बंगालका सबै घरहरूसम्म पुऱ्याउन शुरू भएको छ। यसै क्रममा बुधवार सिलगढ़ी महकुमाको खोरीबाड़ी ब्लकका विभिन्न राशन पसलहरूबाट जगन्नाथ मन्दिरको प्रसाद वितरण गरियो।
उल्लेखनीय छ, यो कार्यक्रम राज्यभरि नै 20 जूनदेखि शुरू भएको छ जुन 26 जूनसम्म जारी रहनेछ। राज्यका विभिन्न भागहरूमा प्रसाद वितरण पहिला नै भइसकेको छ। यस दिन खोरीबाड़ी ब्लकका विभिन्न मानिसहरूलाई जगन्नाथ देवको महाप्रसाद सुम्पिइयो। प्रसाद पाएर स्थानीय मानिसहरू धेर खुशी भएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा