कोलकाता, 25 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- नेता दिलीप घोषले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीमाथि तीव्र प्रहार गर्दै उनलाई संविधान हत्या दिवस- को सहभागी बताए। उनले आरोप लगाए, ममता ब्यानर्जीको राजनीतिक इतिहास तानाशाही अनि लोकतन्त्र विरोधी गतिविधिहरूले भरिपूर्ण छ।
घोषले एउटा पुरानो तस्वीरको आधारमा भने, आपतकालमा लोकनायक जयप्रकाश नारायण पश्चिम बंगालमा आउँदा ममता ब्यानर्जीले विरोधको नाममा उनको वाहनमाथि चढ़ेर नृत्य गरेकी थिइन्। उनले दाबी गरे, ममताले पहिला वाहनमुनि सुत्ने प्रयास गरिरहेकी थिइन्।
दिलीप घोषले आरोप लगाए, त्यसताक ममता ब्यानर्जीले तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीद्वारा लगाइएको आपतकाललाई समर्थन पनि गरेकी थिइन्। उनले भने, ममता ब्यानर्जीको चरित्र शुरुबाटै अलोकतान्त्रिक रहिआएको छ। आज पनि उनको शासनमा त्यही तानाशाही प्रवृत्ति झल्किएको देखिन्छ। विपक्षीको आवाजलाई दबाउनु, राजनीतिक विरोधीहरूको हत्या, ऱ्यालीहरूलाई रोक्नु, वाहनहरूमा तोड़फोड़ तथा सत्तामाथि बलजफ्ति कब्जा जस्ता कुराहरू आज पनि जारी छ।
दिलीप घोषको यो बयान यस्तो समयमा आएको छ जतिबेला भाजपाले 25 जूनलाई संविधान हत्या दिवस-को रूपमा मनाइरहेको छ। यो त्यही तारिक हो जतिबेला 1975 सालमा देशमा आपतकाल लागू गरिएको थियो। घोषको यो बयानलाई ममता ब्यानर्जी र तृणमूल कंग्रेसमाथि भाजपाको बढ़्दो राजनीतिक हमलाको अर्को श्रृंखला मानिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा