आपतकाल घोषणा गर्नुकाे कुनै लजिक थिएन: रमेश अग्रवाल
Emergency


खरसाङ, 25 जून (हि.स.)। देशमा आपतकाल घोषणा गरिएको 50 वर्ष पुगेको र उक्त दिनलाई भाजपाले संविधान हत्या दिवसको रुपमा पालन गर्दै आएको भारतीय जनता पार्टी खरसाङले बताएको छ। आजकै दिन 25 जून, 1975 सालमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गरेको, जसलाई भारतीय जनता पार्टी (भाजपा) ले संविधान हत्या दिवस एवं कालो दिवसको रुपमा पालन गर्दै आइरहेको भाजपाले आज खरसाङमा एक पत्रकार सम्मेलनमा बताएको छ।

भाजपा खरसाङका‌ वरिष्ठ अधिवक्ता रमेश अग्रवालले 50 वर्ष अघि आजको दिन तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गरेकी थिइन्, जसको कुनै लजिक थिएन भनी बताए। उनले त्यो आपतकाल संविधानको हत्या रहेको ठहर गर्दै यसलाई भाजपाले कालो दिवस एवं संविधानको हत्या दिवसको रुपमा पालन गर्दै आइरहेको जानकारी गराए।

वरिष्ठ अधिवक्ता अग्रवालले भने, तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले आपतकाल घोषणा गरेर संविधानको धारा 352(1) र तत्कालीन राष्ट्रपतिमार्फत् आपतकालीन रुपमा नोटिफिकेशन जारी गर्दै आपतकाल घोषणा गरेकी थिइन्। आपतकाल सुरक्षा कारणले लगाएको बताइएको थियो, तर त्यो सुरक्षा बाहिरबाट थिएन केवल भित्रबाट थियो।

उनले भने, आपतकालको‌ घोषणा त्यति बेला हुन्छ जतिबेला देशलाई बाह्य शक्तिबाट खतरा हुन्छ।‌ बाह्य शक्तिबाट देशको सम्प्रभुसत्तालाई जन खतरा हुन्छ तब आपतकाल घोषणा गरिन्छ। तर 1975 सालमा त्यो खतरा थिएन र त्यति बेला केवल भित्री सुरक्षाका कारण अचानक घोषणा गरिएको थियो।

उनले भने,आपतकाल घोषणा भएपछि नागरिकहरुको मौलिक अधिकारहरु खोसिएको थियो। आपतकाल घोषणामा कुनै लजिक थिएन, सठीक थिएन। लजिक एउटै थियो कि आफू पावरमा बसिरहनु।‌ त्यसैले नै भारतीय जनता पार्टीले उक्त दिनलाई कालो दिवस एवं संविधानको हत्या दिवसको रुपमा पालन गर्ने गरेको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande