सरकारी भूमिबाट बेदखली अभियानलाई अझ तीव्रता दिइनेछः मुख्यमन्त्री
सरकारी भूमिबाट बेदखली अभियानलाई अझ तीव्रता दिइनेछः मुख्यमन्त्री


गुवाहाटी, 25 जून (हि.स.)। सरकारी भूमिमा अवैध रूपमा बसोबास गर्दै आइरहेका मानिसहरूलाई हटाउने आफ्नो प्रतिबद्धतालाई दोहोऱ्याउँदै असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आफूलाई राज्यका मूल निवासीहरूको लागि भूमिलाई पुनः प्राप्त गर्नको लागि आदत रहेको बताए। मीडियालाई सम्बोधन गर्द उनले भने, “म व्यक्तिगत रूपमा अवैध रूपमा कब्जा गरेको भूमिको एक-एक इञ्चलाई फिर्ता पाउने मिशनबाट प्रेरित भएको छु। यो शासन मात्र होइन, एक व्यक्तिगत दृढ़ विश्वास हो।”

उनले आगामी महिनादेखि बेदखली अभियानलाई अझ तीव्र बनाउने संकेत दिए जसले यो दर्शाउँछ कि राज्य सरकार पछि हट्नेछैन। उनले घोषणा गरे, निकट भविष्यमा यस्ता धेरैवटा अभियानहरू हुनेछ। कुनै विराम लाग्नेछैन, कुनै सम्झौता हुनेछन।

असमको राजनीतिक अतीतको उल्लेख गर्दै मुख्यमन्त्रीले भने, बिष्णुराम मेधीपछि असममा कुनै मुख्यमन्त्रीले अतिक्रमित भूमिलाई फिर्ता पाउनको लागि यति ठूलो साहसिक कदम उठाएका छन्। उनले यस कुरमाथि बल दिए, वन क्षेत्र, आद्र भूमि औ सरकारी भूमिलाई अतिक्रमणकारीहरूबाट मुक्त गराइनेछ अनि त्यसलाई सही स्वदेशी समुदायलाई सुम्पिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande