कोलकाता, 25 जून (हि. स.)। नदिया जिल्लाको कालीगञ्जमा बम विस्फोटको कारणले दश वर्षीय बालिकाको मृत्यु भएको मामिलामा पाँचौं आरोपीलाई पक्राउ गरिएको छ। बुधवार शरिफुल शेख नामक आरोपीलाई पक्राउ गरेको छ जसबाट यस मामिलामा पक्रा पर्ने आरोपीहरूको संख्या पाँच पुगेको छ। यसपूर्व पुलिसले बितेको मंगलवारसम्ममा चार जना मुख्य आरोपीहरूलाई हिरासतमा लिसकेको थियो।
कृष्णनगर पुलिस जिल्लाद्वारा जानकारी गराइए अनुसार मंगलवारसम्ममा आदर शेख, मानोवर शेख, कालुशेख औं अनवर शेखलाई विभिन्न धाराहरूमा पक्राउ गरिएको थियो।
घटना घटेदेखि नै यो क्षेत्र तनाउग्रस्त भएको छ भने मामिलालाई लिएर राजनीति पनि तातिएको छ।
यो घटना त्यसबेला भएको थियो जतिबेला कालीगञ्ज विधानसभा क्षेत्रमा उपचुनाउको मतगणना भइरहेको थियो। प्रारम्भिक चरणमै तृणमूल कंग्रेस उम्मेद्वार अलिफा अहमदको जीत निश्चित भइसकेको थियो। त्यसैले तृणमूल समर्थकहरूले विजय जुलूस निकाल्न शुरू गरे। आरोप छ, यसै जुलूसबाट माकपा समर्थकहरूको घरतर्फ बम बर्साइयो।
पुलिस अधीक्षक अमरनाथ केले बताए, क्षेत्रमा वर्ष 2023-देखिनै दुई गुटबीच तनाउ हुँदै आएको थियो। सम्भवतः यो घटना पनि त्यसैको परिणाम हो। उनले बताए, पोस्टमर्टम अनि फोरेन्सिक रिपोर्टपछि नै सम्पूर्ण मामिलाको तस्वीर स्पष्ट हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा