नयाँ दिल्ली, 25 जून (हि.स.)। दिल्लीको रिठाला मेट्रो स्टेशन नजिक गए मंगलवार साँझ लगभग 7:25 बजी एक पोलिथिन बनाउने तीन तले भवनमा अवस्थित फ्याक्ट्रीमा आगो लाग्यो। यस घटनामा चार जना मानिसहरूको मृत्यु भयो। अबेर राति दमकलकर्मीहरूले तीन वटा शवलाई बाहिर निकाले। चौथो व्यक्तिको शव आज बिहान निकालियो। हाल कुलिंगको कार्य भइरहेको छ।
यस फ्याक्ट्रीमा आगो लागेको सूचना अबेर राति प्राप्त भएपछि भिनन-भिन्न दमकल स्टेशनहरूबाट लगभग 24 वटा वाहनहरू घटनास्थलमा पुगेर आगो निभाउनमा जुटे। एक जना पुलिस अधिकारीले बताए, आगलागीको कारण पत्तो लाग्न सकेको छैन। जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा