गोलाघाट (असम), 25 जून (हि.स.)। असमको गोलाघाट
जिल्लास्थित बोकाखात क्षेत्रको सापजुरी पानबारी निगममा बितेको मंगलवार
राती एउटा ग्रेनेड विस्फोट भयो। बाइक सवार अज्ञात आक्रमणकारीहरू केन्द्रिय
रिजर्भपुलिस बल (सीआरपीएफ)-को क्यामपमा (हाल यस क्याम्पमा असम पुलिसको 11औं एपीबीएन यूनिट तैनाथ छ)-मा आए अनि ग्रेनेट फालेर भागे।
संदिग्ध विस्फोटमा असम पुलिसको 11औं सशस्त्र पुलिस बटालियन (एपीबीएन)-का तीनजना जवानहरू क्रमैले सिद्धार्थ बरबोरा, सुशिल भूमिजर मिन्टु हजारिका घाइते भएका छन् जसलाई बोकाखातको
शहीद कमला गिरी महकुमा अस्पतालमा भर्ती गरिएको छ।
वास्तवमा योक्याम्प अब सीआरपीएफको रहेन। यहँ वर्तमानमा असम पुलिसको 11औं एपीबीएन यूनिट तैनाथ छ। घटनापछि पुलिसले राती नै अभियान
संचालन गरी सन्देहको आधारमा दुईजना व्यक्तिहरूलाई हिरासतमा लिएर जाँचबुझ शुरू
गरेको छ।
पुलिस अनुसार यो घटना कुनै उग्रवादी संगठनको षड़यन्त्र होइन। प्रारम्भिक जाँचमा
यो आशंका व्यक्त गरिएको छ, कुनै अवैध शिकारी वा नशालु
पदार्थका तस्करहरूले यो हमला गरेको हुनसक्छ।फोरेन्सिक टीमले बुधवार घटनास्थलनको
निरीक्षण गऱ्यो।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा