पूर्वी चम्पारण,25 जून(हि.स.)। भारत-नेपाल सीमाको रक्सौल बोर्डरमा बग्ने सरिसवा नदीमाथि निर्मित मैत्री पुल मुनि ह्याण्ड ग्रेनेड भेटियो जसले गर्दा क्षेत्रमा कोकोहोलो मच्चियो। प्राप्त जानकारी अनुसार सरिसवा नदीमा नुहाइरहेका नानीहरूले उक्त ग्रेनेडलाई खेलौना ठानेर हातमा बोकेर घुमिरहेका थिए।
यसै अवधि एसएसबी जवानहरूको नजर उक्त ग्रेनेडमा पऱ्यो। त्यसपछि जवानहरूले त्यसलाई कब्जामा लिए। एसएसबीका अधिकारीहरू अनुसार ह्याण्ड ग्रेनेड भेटिएपछि सरिसवा नदी लगायत वरपरका क्षेत्रहरूमा खोजी अभियान संचालन गरिँदैछ। आशंका व्यक्त गरिँदैछ, कुनै आतंकवादी संगठनले कुनै ठूलो घटनालाई परिणाम दिने उदेश्यले नेपालको बाटो भएर भारतमा विस्फोटकहरू ल्याइरहेको थियो। तर सीमामा सुरक्षाको कड़ा व्यवस्था देखेर ग्रेनेडलाई नदीमा फालिएको हुनसक्छ। हाल सुरक्षा एजेन्सी र स्थानीय पुलिस जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा