शिलंगमा हेरोइन तस्कर गिरोहको भण्डाफोर, तीन ड्र्ग्स तस्कर पक्राउ
शिलंगमा हेरोइन तस्कर गिरोहको भण्डाफोर, तीन ड्र्ग्स तस्कर पक्राउ


शिलंग, 25 जून (हि.स.)। राजधानी शिलंगमा पुलिसले गुप्त सूचनाको आधारमा कारबाही गर्दै बुधवार तीनजना ड्रग्स तस्करहरूलाई पक्राउ गरेको छ। पुलिसले आरोपीहरूको कब्जाबाट हेरोइनलाई पनि जफ्त गरेको छ जसको मूल्य अन्तर्राष्ट्रिय बजारमा 25 लाख रुपियाँ रहेको अनुमान लगाइएको छ।

पुलिस अनुसार गुप्त सूचनामा बितेको 24 जूनमा छावनी क्षेत्रबाट रोहित मट्टु नामक व्यक्तिलाई पक्राउ गरियो भने उसको कब्जाबाट 10 ग्राम हेरोइनलाई जफ्त गरियो। मट्टुको सूचनामा पुलिसले लाबन क्षेत्रस्थित एउटा भाड़ाको घरबाट थप दुईजना आरोपीहरूलाई पक्राउ गऱ्यो।

पुलिसको कब्जामा परेका दुवै आरोपीको पहिचान रमन रैना र सूरज गिलको रूपमा भएको छ। दुवैबाट 150 ग्राम हेरोइन जफ्त गरिएको छ। पुलिसले बतायो, रोहित होण्डा नामक अर्को तस्कर हाल भागेको छ।

पुलिसको पञ्जामा परेको सूरत गिल नामक तस्करलाई मुख्य आपूर्तिकर्ता बताइएको छ। अवैध कारबारलाई लुकाउनको लागि उसले छावनी क्षेत्रमा हार्डवेयरको पसल संचालन गर्छ। गिलले शिलंगमा हेरोइन बेच्नको लागि रोहित मट्टु, रमन रैना र रोहित होण्डालाई प्रयोग गरेको छ। आरोपीहरूविरूद्ध मामिला दर्ता गरी पुलिसले अग्रिम कारबाही गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande